कीवर्डहरू -

गोप्रो हिरो ७ अब नेपाली बजारमा

गोप्रो हिरो ७ अब नेपाली बजारमा

गोप्रो एक्सन क्यामेरा प्रयोगकर्ताको लागी नेपाली बजारमा गोप्रो हिरो ७ एक्सन क्यामेरा तिन वटा भर्जनमा आएको छ । गोप्रो हिरो ७ वाईट, गोप्रो हिरो ७ ब्ल्याक र गोप्रो हिरो ७ सिल्भर भर्जन रहेको छ ।


गोप्रो हिरो ७ तिन वटा भर्जनमा आए पनि केही विशेषताहरु समान रहेको छ । यी तिन वटैमा पानी प्रतिरोधक, एलसिडी टच स्क्रिन र भ्वाईस कन्ट्रोल विशेषता रहेको छ । यीनीहरुको पानी प्रतिरोधक विशेषता १० मिटरको गहिराई सम्म रहेको छ । गोप्रो हिरो ७ ब्ल्याकमा १२  एमपी लेन्स रहेको छ ।

त्यस्तै सिल्भर र वाईटमा १०एमपी लेन्स रहेको छ । ब्ल्याकमा हाईपरस्मुद स्टेबलाइजर, ४के भिडियो क्यापचर, जिपीएस र लाइभ स्ट्रीम विशेषता रहेको छ । वाईटमा हाईपरस्मुद स्टेबलाइजर, ४ के भिडियो क्यापचर, जिपीएस र लाइभ स्ट्रीम विशेषता रहेको छैन । सिल्भरमा हाईपरस्मुद स्टेबलाइजर, विशेषता छैन तर यसमा ४के भिडियो क्यापचर र जिपीएस रहेको छ ।


नेपाली बजारमा गोप्रो हिरो ७ वाईटको मूल्य रु.२९,५००, गोप्रो हिरो ७ सिल्भरको मूल्य रु.३६,५०० र गोप्रो हिरो ७ ब्ल्याकको मूल्य रु.४९,५०० रहेको छ ।
नेपालमा गोप्रो हिरो ७ को आधिकारीक वितरक आइसफल टेक्नोलोजीज रहेको छ । यसलाई सस्तोडिल डटकम, ओलीज स्टोर र अन्य अनलाइन वेबसाईटबाट पनि अनलाइन खरीद गर्न सकिन्छ । त्यस्तै न्यूरोडको बजार र अन्य नेपाली बजारहरुमा पनि उपलब्ध रहेको छ ।