कीवर्डहरू -

नेपाली भाषामा भर्चुअल नेपाली कक्षाको सुरु

नेपाली भाषामा भर्चुअल नेपाली कक्षाको सुरु

यही २०७५ असोज १७ गते भर्चुअल नेपाली भाषा कक्षाको उदघाटन भएको छ । यस कार्यक्रम कुइक सिल्भर एनोभेसन र ग्लोबल नेपाल आइसिटी कंसोर्टियमको सहकार्यमा भएको थियो ।

क्यूएसआई भर्चुअल नेपाली क्लास नेपाली सिक्न इच्छा गर्ने व्यत्तिहरु र विदेशमा बसेका नेपालीहरुको जो नेपाली सिक्न चाहानेहरुको लागी लक्षित छ । यसमा अनुभवि नेपाली शिक्षकबाट अनलाइन कक्षा लिन सकिन्छ ।

उदघाटन कार्यक्रममा बोल्दै ग्लोबल नेपाल आइसिटी कंसोर्टियमका अध्यक्ष नारायण न्यौपानेले विश्वभर नेपाली भाषालाई प्रवद्धन गर्ने र विदेशमा बसेर पनि देशको लागि केहि काम गर्ने उदेश्यसहित काम सुरु भएको बताए । 

कार्यक्रममा प्रमुख अतिथी क्यान महासंघका अध्यक्ष हेमन्त चौरसियाले यो सकरात्मक प्रयास भएको र यसको लागि क्यान महासंघ सहकार्य गर्न तयार रहेको बताए ।  
 यो भर्जुअल कक्षा राष्ट्रिय र अन्तराष्ट्रिय को–अरडिनेटरस, भाषा विशेषज्ञ, फ्यासीलिटिज र आइसिटि प्रोफेशनलसहरुको सहकार्यमा सुरु गरीएको छ । यसमा अन्र्तरक्रियाबाट नेपाली भाषा सिक्न सकिन्छ ।


 नेपालको भाषा सहित नेपाली परम्परा पनि सिक्न सकिन्छ । नेपाली भाषा विशेषज्ञ र उनीहरुसगँको अन्र्तरक्रियाबाट नेपाली प्रभावकारी रुपमा सिक्न सकिन्छ । भाषा सिक्ने विधार्थीले आफ्नो कक्षाको समय आपैmँ छनोट गर्न सक्छन ।