एआईले कालो वर्णको मान्छेहरुको भिडियोलाई ‘प्राइमेट्स’ लेबल लगाएपछि फेसबुकले माफी मागेको छ । न्यू योर्क टाइम्स्का प्रयोगकर्ताले कालो वर्णको मान्छेहरुको भिडियो हेरिरहँदा ‘प्राइमेट्स’ अर्थात बादँरहरुको भिडियो हेरिरहने भन्ने सोधेर नोटिफिकेसन आएको थियो ।
यस्तो ‘अस्वीकार्य त्रुटि’का लागि फेसबुकले माफी मागेको छ । फेसबुकले रिकमेन्डेसेन फिचरलाई पनि डिसेबल गरिदिएको छ । एआईमा अझै परिमार्जन गर्नुपर्ने एपले राम्ररी बुझेको पनि कम्पनीले ठहर गरेको छ । एआईमा लिगं र जातिय भेदभाव भएको यो पहिलो पटक होइन् ।
अनुहारबाट पहिचान गर्ने प्रविधिले धेरैपटक महिला र अरु वर्णहरुको पहिचानमा गल्ती गरेको पाइएको थियो । यही गलत पहिचानले दुई जना निर्दाेष कालो वर्णको मान्छेहरुलाई गिरफ्तार गरिएको थियो ।
सन् २०१५ मा गूगल फोटोले कालो वर्णको मान्छेहरुलाई गोरिल्ला भनेर ट्याग गरेको थियो र यसलाई हटाउन गूगलले ‘गोरिल्ला’ शब्दलाई सेन्सर गरिदिएको छ । फेसबुकले प्रोफेसनलहरुलाई राखेर एआईमा विभिन्न रङ्ग वर्णहरुलाई राम्रोसँग लेबल गर्न लगाएको छ ।