कीवर्डहरू -

एन आई सी एशिया बैंकद्धारा अष्ट्रेलियन डलरको बिक्री शुरु 

एन आई सी एशिया बैंकद्धारा अष्ट्रेलियन डलरको बिक्री शुरु 

आफ्ना आदरणीय ग्राहक महानुभावहरूको चाहना अनुरूप आफ्ना सेवाहरूलाई परिस्कृत गर्दै आइरहेको नेपालकै सबैभन्दा ठूलो बैंक यस एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो सेवालाई अझ विस्तार गर्दै बजारमा अभाव रहेको अष्ट्रेलियन डलर नगद आयात गरी बिक्री शुरु गरेको छ ।

बैंकसँग हाल अमेरिकी डलर, अष्ट्रेलियन डलर लगायत विदेशी मुद्राको नगद संञ्चित यथेष्ठ रहेको छ र प्रचलित विनिमय दर बमोजिम ग्राहकहरूको आवश्यकता अनुसार निर्वाध सटही सुविधा प्रदान गरिरहेको व्यहोरा जानकारी गराएको छ ।


बंैकले बिदा मनाउन, अध्ययन गर्न र अन्य विभिन्न सिलसिलामा विदेश जाने नेपालीहरूका लागि सम्बन्धित देशको मुद्रा आवश्यक पर्ने हुँदा त्यस्ता मुद्राको सरल सटहीको सुविधा उपलब्ध गराउँदै आएको छ । अध्ययन तथा भ्रमण लगायतका अन्य कामका लागि विदेश जाने ग्राहकहरूले विदेशी मुद्रा खरिदका लागि आफ्नो म्याद नसकिएको भिसा र प्लेन टिकट साथमै लिएर आउन पनि जानकारी गराईन्छ । यसरी प्रक्रिया पु¥याएर आउने ग्राहकले भिसा यूएसडी प्रिपेड कार्डसमेत खरिद गर्न सक्ने कुरा सुचनामा उल्लेख गरेको छ ।

\"\"
बंैकले हालका लागि काठमाडांै भित्रका सम्पूर्ण ४४ शाखा कार्यालयहरू ( त्रिपुरेश्वर, जावलाखेल, न्यूरोड खिचापोखरी, भक्तपुर, कलंकी, क्षेत्रपाटी, महाराजगंज, सामाखुसी, बौद्ध, बागबजार, कौशलटार, ग्वार्को, खुमल्टार, सुकेघारा, डिल्लीबजार, न्यूरोड विशालबजार, कमलादी, पुल्चोक,बत्तीसपुतली, कीर्तिपुर, सातदोेबाटो, टेकु, पेप्सीकोला, थानकोट, ठमेल, नयाँ बानेश्वर, थापाथली रजिष्टर्ड कार्यालय शाखा, बालाजु, कपन, लाजिम्पाट, गोल्फुटार, गोठाटार, मनमैजु, सितापाइला, टोखा, भैंसेपाटी, थली, दुवाकोट, बालकोट, पुरानो ठिमी, सतुंगल, कोटेश्वर, चाबहिल र सोह«खुट्टे) बाट सहज रूपमा विदेशी मुद्रा उपलब्ध हुने व्यवस्था मिलाएको छ ।


बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २५६ शाखा कार्यालयहरु, २४९ एटिएम, २२ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल  भएको छ