कीवर्डहरू -

स्टार्टअपहरुका चुनौती र सम्भावना विषयमा अन्तकृया कार्यक्रम

स्टार्टअपहरुका चुनौती र सम्भावना विषयमा अन्तकृया कार्यक्रम

वेव एसोसिएसन नेपालले वेब स्टार्टअपहरुका चुनौती र सम्भावना विषयमा अन्तकृया कार्यक्रम आयोजना गर्दैछ । अहि शनिवार होटल हार्दिकमा आयोजना हुने कार्यक्रममा विभिन्न विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने र अन्तकृयात्मक छलफल हुने आयोजकले जनाएको छ ।

वि. सं. २०६९ मा स्थापना भई  व्यवसायिक एकता र पेशागत विकासका लागि बृहत्तर आवद्धताको मुख्य उद्धेश्य सहित हाल आफ्ना संगठित कार्यक्रमहरुलाई तीब्रता दिन गइरहेको सस्था का महासचिब द्रोण पराजुलीले जानकारी दिए


वान अर्थात ( Web Association Nepal ) नेपाल भित्र छरिएर रहेका आईटी , सफ्टवयेर निर्माण , एप्लिकेशन निर्माण , इन्टरनेट सेवा तथा  वेव डिजाइन तथा विकाससंग सम्वन्धित भई प्रत्यक्ष/ अप्रत्यक्ष रुपमा व्यवसायिक कारोवार गरिरहेका कम्पनीहरु तथा यस क्षेत्रका उच्च प्राविधिक जनशक्तिहरुको छाता संगठन हो ।


नवीनतम् प्रविधि र आयामसंग सम्वन्धित भई नेपाली आइटी तथा वेव स्टार्टअप कम्पनीका चुनौती र सभावनाहरु  विषयक कार्यशाला , छलफल  तथा अन्तक्र्रिया कार्यक्रम तथा दशैको शुभकामना आदानप्रदान गर्नेगरी कार्यक्रमको आयोजना गरिएकोले सहभागिताको लागि सस्थाले आग्रह गरेको छ

मितिः २०७५ आश्विन २० गते शनिवार
स्थानः होटल हार्दिक , बागबजार , काठमाण्डौ , नेपाल
समयः विहान १०ः३० देखि २ बजे सम्म

\"\"