कीवर्डहरू -

आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

वेब एशोसिएसन नेपालको आयोजनामा आइटी स्टार्टअपहरुको चुनौती र सम्भावना विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार काठमाडौंको होटल हार्दिकमा आयोजित कार्यक्रममा नेपालमा पछिल्लो समय आइटी कम्पनीहरुले भोग्नुपरेका समस्या, चुनौतीसँगै उद्यमशीलतामा भित्रिएका अवसरहरुको बारेमा छलफल भएको थियो ।

सो कार्यक्रमको औपचारिक सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल दूरसञ्चार प्राधिकरण वरिष्ठ निर्देशक आनन्दराज खनालले नेपालमा आइटी र टेलिकम उद्योगको ठूलो सम्भावना रहेको बताउँदै स्पस्ट नीति र त्यसको कार्यान्वयन आवश्यक रहेको बताए ।

‘जहाँ चुनौती छ, त्यहाँ सम्भावना छ । यो क्षेत्र आफैंमा ठूलो उद्योग बन्ने र अन्य उद्योगलाई पनि अत्यावश्यक भइसकेको अवस्था छ,’ उनले भने । आइटी स्टार्टअपका सन्दर्भमा उनले प्राधिकरणमार्फत् उत्प्रेरणा दिने काम गरिरहेको र राज्यका अन्य विभाग र निकायले स्टार्टअपका लागि कार्यक्रम ल्याइरहेको बताए ।

\"Image
सो अवसरमा क्यान महासंघका केन्द्रीय सदस्य एवं ओपन एन्ड डिस्टान्स एजुकेशन सेन्टरका रेग भण्डारी, लिभिंग विथ आइसीटीका सम्पादक राजन लम्साल, वानका संस्थापक अध्यक्ष सिताराम रिमाल, वर्तमान अध्यक्ष बद्रीप्रसाद दाहाललगायतले नेपालका स्टार्टअप कम्पनीहरुको समस्या र अवसरबारे आफ्ना भनाइ राखेका थिए ।

त्यस्तै कार्यक्रममा अनुसन्धाता हेमपाल श्रेष्ठ, सुशील उप्रेती र प्रकाश न्यौपानेले स्टार्टअपका अवसर, चुनौती र कानूनी पक्षबारे प्रस्तुत गरेको कार्यपत्रमा छलफल भएको थियो । \"Image

नेपालका वेव, सफ्टवेयर, स्टार्टअप, एप्लिकेसनमा काम गर्ने ४० भन्दा बढी कम्पनीका प्रतिनिधिहरुको उपस्थिति रहको कार्यक्रममा केही स्टार्टअपहरुले सफलताको कथासमेत सुनाएका थिए ।