ह्वाट्सएपले प्रयोगकर्ताको ‘लास्ट सिन’ स्टाटस बेग्लाबेग्लै सम्पर्कका लागि आफूखुशी राख्न दिने भएको छ । यो भन्दा पहिले ह्वाट्सएप आफ्नो प्राईभेसी नीतिका लागि विवादमा परिसकेको छ ।
त्यस कारण यो आउँदो अपडेटले प्रयोगकर्ताहरूलाई प्राईभेसी सेट्ङिगमा अलि बढि नियन्त्रण लिन दिनेछ । ह्वाट्सएपले केही समय अगाडि तपाईको प्रोफाइल फोटो कसले हेर्न सक्छ भनेर सिमीत गर्नका लागि फिचर ल्याएको थियो ।
यसमा एभरीवान, माई कनट्याक्टस वा नोबडी भन्ने अप्सनबाट छान्न सकिन्छ । अब ‘लास्ट सिन’ स्टाटसका लागि पनि एपले ‘माई कनट्याक्टस एक्सेप्ट...’ भनेर केही सम्पर्कलाई आफूखुशी ‘लास्ट सिन’ स्टाटस हेर्नबाट रोक लगाउन दिन्छ ।
वाबेटाइन्फोले प्रमाण स्वरुप आईओएस एपबाट स्क्रीनसट पनि सेयर गरेको छ र फिचर दुवै आईओएस र एन्ड्रोईडमा उपलब्ध हुने जानकारी दिएको छ । तर तपाईले कुनै सम्पर्कलाई आफ्नो ‘लास्ट सिन’ स्टाटस हेर्नबाट ब्लक गर्नुभयो तपाईले पनि त्यो सम्पर्कको ‘लास्ट सिन’ स्टाटस हेर्न पाउनुहुँदैन् । यो फिचर अहिले पनि निर्माणकै क्रममा रहेको छ ।