ट्वीटरले वेब भर्सनमा प्रयोगकर्ताहरुलाई ब्लक नगरिकनै फलोअरहरुलाई हटाउने फिचरको परिक्षण गरिरहेको छ । यो फिचरले अनलाइन उत्पीडनलाई कम गर्न सहयोग पुयाउने कम्पनीको विश्वास रहेको छ ।
तपाईले हटाएको फलोअरको फिडबाट बिना नोटिफिकेसननै तपाईको कुनै पनि पोस्ट त्यो प्रयोगकर्ताको फिडमा देखिदैन् । यसले अनलाइन खतराबाट प्रयोगकर्ताहरुलाई धेरै हदसम्म जोगाउनेछ ।
यो फिचर आधिकारिक रुपमा कहिले आउँछ भनेर कम्पनीले केही पनि बताइएको छैन् । यो फिचर प्रयोगकर्ताहरुको गोपनीयता बढाउनका लागि ल्याइनेछ ।
केही दिन अघि ट्वीटरले ट्वीट अर्काइभ गर्ने र सेफ्टी मोडको पनि जाँच गरिरहेको थियो । सामाजिक सञ्जालमा उत्पीडनको दर बढदै गईरहेकाले एपले कम गर्न हरेक प्रयास गरिरहेको छ ।