कीवर्डहरू -

फोटोको एज टू एज भ्यू फिचर परीक्षण गर्दै ट्वीटर

फोटोको एज टू एज भ्यू फिचर परीक्षण गर्दै ट्वीटर

ट्वीटरले पछिल्लो अपडेटको रुपमा आईओएस प्रयोगकर्ताहरुका लागि फोटोहरुको एज टू एज भ्यूको फिचर परिक्षण गरिरहेको छ ।

ट्वीटर भिजुवल नेटवर्क भएकाले दृश्य प्रदर्शनमा एकदमै ध्यान दिने गर्दछ । त्यस कारणले ट्वीटरले एज टू एज भ्यू फिचरको परिक्षण गरिरहेको छ जसले फोटोहरलाई ठूलो र बोर्डरलेस भ्यू दिने गर्दछ ।

यो फिचरले गर्दा प्रयोगकर्ताहरुले फूल स्क्रीनको फाइदा उठाउन सक्नेछन् । अब फोटोमा थिचेर हेर्नुपर्दैन् र बाहिरैबाट फोटो यो फिचरको कारणले ठूलो देखिन्छ । यसले कन्टेन्टमा अझै बढी ध्यान दिन मद्दत पुर्‍याउने गर्दछ ।

यसले कम्पनीलाई इन्स्टाग्राम जस्तो अरु फोटो एपहरुसँग प्रतिस्पर्धा गर्न पनि मद्दत गर्छ । धेरैले कन्टेन्ट हेर्न थालेपछि मान्छेहरुले ट्वीटर बढी प्रयोग गर्न थाल्नेछन् ।