कीवर्डहरू -

मोबाइलसम्बन्धी सम्पूर्ण सूचना दिने पोर्टल, छक्का पञ्जा ३ को टिमले गर्यो सार्वजनिक

मोबाइलसम्बन्धी सम्पूर्ण सूचना दिने पोर्टल,  छक्का पञ्जा ३ को टिमले गर्यो सार्वजनिक

ग्याजेटसम्बन्धी सम्पूर्ण सूचना समेटिएको ग्याजेट फ्रेम वेब पोर्टल सार्वजनिक भएको सिक्स सिग्मा इंकले सञ्चालनमा ल्याएको यो अनलाइन पोर्टल चलचित्र छक्का पञ्जा का निर्माता एवं कलाकारहरु दीपकराज गिरी , दीपाश्री निरौला केदार घिमिरे माग्ने बुढा सहितको टिमले सार्वजनिक गरेको हो

ग्याजेट फ्रेम डटकममा हाल विश्वबजारमा उपलब्ध सबैजसो मोबाइल ब्रान्ड तिनका प्रडक्टको पुरा विवरण समावेश गरिएको जानकारी कम्पनीका अध्यक्ष रामकृष्ण दाहालले दिए यी प्रडक्टबीच एक आपसमा तुलना गर्न मिल्ने , नेपालमा कति मूल्यमा उपलब्ध छन् , नजिकको कुन स्टोरमा पाइन्छ आदि जानकारी केही क्लिकको भरमै जानकारी प्राप्त गर्न सकिन्छ ,’ उनले भने

यतिमात्रै होइन ग्राहकहरुले ग्याजेट फ्रेममार्फत् आफूलाई कति मूल्यसम्मका कस्ता विशेषता भएका मोबाइल आवश्यक परेको , सोहीअनूरुप फोन छान्ने सुविधासमेत पाउने छन् साथै पछिल्ला प्रडक्टको रिभ्यु , स्मार्टफोन यससम्बन्धी समाचार ब्लग , अन्तवार्ता , ग्याजेट टिप्स आदि पोर्टलमा समावेश गरिएको

ग्याजेट फ्रेममा स्टोरहरुलाई आफ्नो युजर आइडी खोल्ने सुविधा दिइएको , जसमार्फत् उनीहरुले आफ्नो पसलमा पाइने सम्पूर्ण सामानलाई सूचीकृत गर्न सक्नेछन् उपभोक्ताले कुन स्टोर मा के के प्रडक्ट उपलब्ध छन् , यसका फिचर अफर के के छन् , मूल्य कति , प्रडक्टको रेटिङ कस्तो आदि जानकारी एउटै प्लाटफर्मबाट लिन सक्दछन् आगामी दिनमा अन्य इलेक्ट्रोनिक प्रडक्टहरुको जानकारीसमेत ग्याजेट फ्रेममार्फत् उपलब्ध गराई सम्पूर्ण ग्याजेटहरुको कप्लिट सोलुसन गाइडको रुपमा ग्याजेट फ्रेमलाई स्थापित गर्ने योजना कम्पनीको रहेको

वेब पोर्टल सार्वजनिक गर्दै छक्का पञ्जा चलचित्रकी निर्देशकसमेत रहेकी दीपाश्रीले प्रविधिको बजार बढेसँगै उपभोक्ताले अनलाइनबाटै सामान रोज्न सही सूचना प्रदान गर्न ग्याजेट फ्रेम सफल हुनेमा विश्वास लिईन्

अहिले मोबाइलबिना हाम्रो सास नै अगाडि बढ्दैन फेसबुक , युट्युब गुगल सर्चबिना खाएकै पच्दैन यसलाई यति सजिलो बनाएको मोबाइल प्रविधिले नै हो ,’ उनले थपिन् , ‘ मोबाइल कस्तो बोक्ने ठगिनबाट कसरी बच्ने जस्ता कुराको जानकारी पोर्टलले दिए मोबाइल बजारसमेत व्यवस्थित हुने

उनीसहित कलाकार दीपकराज गिरी केदार घिमिरे माग्ने बुढा ले ग्याजेट फ्रेमको सफलताको शुभकामना दिनुका साथै आगामी २४ गतेदेखि प्रदर्शनमा आउने चलचित्र छक्कापञ्जा हेर्न सम्पूर्ण दर्शकलााई आग्रह गरे

कार्यक्रममा क्यान महासंघका उपाध्यक्ष सुना पाण्डे घिमिरे , टेक्सास कलेजका सिइओ भेषराज पोखरेल , आइसिटी एन्ड लेगल रिसर्चर हेमपाल श्रेष्ठ , एनपी सर्टका अध्यक्ष चिरञ्जिवी अधिकारीलगायतको समेत उपस्थिति रहेको थियो