कीवर्डहरू -

ट्विटरमा उपलब्ध भयो कम्युनिटिज फिचर

ट्विटरमा उपलब्ध भयो कम्युनिटिज फिचर

ट्वीटरले ग्रुपहरुलाई लक्षित गर्दै कम्युनिटिज फिचर सार्वजनिक गरेको छ । यो ट्वीटरको निश्चित ग्रुपहरुका लागि समर्पित स्पेस हो । यो ग्रुपको फिचर रहेको १५ वर्ष पछि आएको हो । कम्युनिटिजमा जुन सन्दर्भको ग्रुप त्यहीसँग मिल्दोजुल्दो छलफलहरु गर्न सकिन्छ ।

हरेक कम्युनिटिको आफ्नै मोडरेटर हुनेछ जसले ग्रुपका लागि निश्चित नियमहरु राखिदिन्छ । कम्युनिटिमा पहिलै त्यो ग्रुपको सदस्य रहेकाले मात्रै नयाँ सदस्यलाई सहभागिताका लागि बोलाउन सक्दछन् ।

नयाँ प्रयोगकर्ताहरुले लामो समय देखि ट्वीटरमा धेरै कुराहरु हुने हुँदा आफ्नो इच्छा अनुसारको विषयहरु जान्न नपाईरहेको बताएपछि यो फिचर सार्वजनिक गरिएको हो ।

कम्युनिटिज भनेको रेडिटको सब रेडिट फिचर जस्तै हुनेछ । यसलाई फेसबुकको सार्वजनिक ग्रुप जस्तो पनि मान्न सकिन्छ । आउँदो महिनाहरुमा यो फिचर धेरै प्रयोगकर्ताहरुको लागि उपलब्ध हुनेछ ।