कीवर्डहरू -

ताम्राकार कम्प्लेक्समा दशैं मोबाइल मेला हुँदै, मोबाइल खरिदमा ६० प्रतिशतसम्मको छुट

ताम्राकार कम्प्लेक्समा दशैं मोबाइल मेला हुँदै, मोबाइल खरिदमा ६० प्रतिशतसम्मको छुट

काठमाडौंको मुख्य व्यापारीक केन्द्र पाको न्यूरोडमा अवस्थित ताम्राकार कम्प्लेक्सले नेपालीहरुको महान चाड बडादशैंको अवसर पारेर दशैं मोबाइल मेला आयोजना गर्ने भएको छ । मोबाइल व्यवसायीहरुको छाता संगठन मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको आयोजनामा हुने दशैं मोबाइल मेला यहि २०७५ असोज २३ गतेदेखि २०७५ असोज ३१ गतेसम्म संचालन हुनेछ ।

यस दशैं मोबाइल मेलामा ताम्राकार कम्प्लेक्सभित्रका मोबाइल पसलहरुमा मोबाइल खरिद बिक्रीमा ग्राहकहरुले न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६० प्रतिशतसम्मको छुट प्राप्त गर्नसक्नेछन् ।

ताम्राकार कम्प्लेक्सभित्र यस अवधिमा कुनैपनि मोबाइल खरिदमा ग्राहकहरुले एउटा इनर्जी ड्रिंक प्राप्त गर्नेछन् ।

दशैं मोबाइल मेलाको अवसर पारेर ताम्राकार कम्प्लेक्सभित्र मोबाइल खरिद गर्ने ग्राहकहरुले स्मार्ट टेलिकमको सिम कार्ड समेत निशुल्क प्राप्त गर्नेछन् । निश्चित रकम ब्यालेन्ससहितको कार्ड एक्टिभेट गर्न भने आवश्यक प्रकृयाहरु ग्राहकहरुले पुरा गर्नुपर्ने हुन्छ ।

यसका साथै हरेक कम्पनीहरुले आफ्नो प्रबद्र्धनमा राखेको स्क्रीमहरु पनि ग्राहकहरुले साथमा नै प्राप्त गर्न सक्नेछन् ।

यस दशैं मोबाइल मेलाको अवसर पारेर मोबाइल व्यवसायी संघ ताम्राकार कम्प्लेक्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक सेवा समेत गर्ने घोषणा गरेको छ । दशैं मोबाइल मेलाको अवधिभर ताम्राकार कम्प्लेक्सबाट बिक्री हुने प्रत्येक मोबाइलबाट रु. २०/– संकलन गरेर चर्चित मिडियाकर्मी रवि लामिछानेको नेतृत्वमा निर्माण भईरहेको कालिकोट जिल्लाको रास्कोट सामुदायिक अस्पताललाई उपलब्ध गराउने छ । यस्तो रकम रवि लामिछानेलाई मेला सकिएपछि सार्वजनिकरुपमा हस्तान्तरण गरिनेछ ।

दशैं मोबाइल मेला ग्राहकहरुले फरक अनुभव र आफूले रोजेको मोबाइल सूपथ मूल्यमा किन्ने अवसर भएको मोबाइल व्यापार संघका अध्यक्ष जगत साउदले बताए ।

‘ताम्राकार कम्प्लेक्स मोबाइल खरिद बिक्रीका लागि मुख्य केन्द्र नै हो, हामीले ग्राहकहरुलाई दशैंको अवसर पारेर विभन्न अफरहरुका साथमा सुपथ मुल्यमा फोनहरु बिक्री गर्नेछौं,’ उहाँले भन्नुभयो ।