कीवर्डहरू -

स्पटीफाईले छानिदिने छ तपाईंले सुन्ने गीत

स्पटीफाईले छानिदिने छ तपाईंले सुन्ने गीत

स्पटीफाईको इन्हान्स फिचरले तपाईको प्लेलिस्टमा गीतहरु सुझावका स्वरुप हालिदिने गर्दछ । स्पटीफाईले प्रयोगकर्ताहरुलाई गीत सुनाउने नयाँ तरिकाहरु ल्याईरहेको हुन्छ । यो फिचरले हरेक एक वा दुई गीत पछि एउटा गीत सिफारिस गरिदिने गर्दछ ।

यसले ३० ओटा गीत सुझावको रुपमा हाल्ने गर्दछ । तपाईलाई गीत मनपरेमा प्लस बटनमा थिच्नुपर्छ र तपाईको प्लेलिस्टमा आवद्ध हुनेछ । यो फिचर विस्तारै धेरै देशहरुका लागि उपलब्ध हुने स्पटीफाईले जानकारी दिएको छ ।

स्पटीफाईले हालैमा ब्लेण्ड भन्ने फिचर पनि ल्याएको थियो जसले साथीहरु र तपाईको गीतको हिस्ट्रीबाट तपाईके प्लेलिस्टमा गीतहरु ल्याउने गर्दछ ।