कीवर्डहरू -

लिभिङ विथ आइसिटीको दशैै विशेष अंक बजारमा 

लिभिङ विथ आइसिटीको दशैै विशेष अंक बजारमा 

नेपालको एक मात्र सूचना प्रविधि विशेष म्यागजिन लिभिङ विथ आइसिटीको नयाँ अंक बजारमा उपलब्ध भएको छ । दशैं विशेष सामग्रीहरु समावेश भएको नयाँ अंक ९२ पृष्ठको छ ।


यस अंकमा त्रिभुवन विश्वविद्यालयले भर्खरै सम्वन्धन बाढेको बिसिए आइटी कोर्सको बारेमा बिस्तृत जानकारी प्रस्तुत गरिएको छ । के हो बिसिइ, किन पढ्ने ? पढेर के फाइदा छ र नेपालमा कुन कुन कलेज छन भन्ने पुर्ण विवरण यसमा उपलब्ध छ । यसैगरी इकमर्श तथा अनलाइन सपिङको बारेमा रिपोर्ट प्रस्तुत गरिएको छ । नेपालमा उत्कृष्ट इकमर्श वेबसाइट र्याक सहित कसरी सुरक्षित अनलाइन सपिङ गर्ने बारे खोजमुलक सामग्री रहेको छ ।


यसैगरी असोज अंकमा अटोलाई स्थान दिइएको छ । नेपालमा विद्युतिय गाडीहरुको बारेमा रिपोर्ट प्रस्तुत गरिएको यसमा पछिल्लो समय उपलब्ध इलेक्ट्रिक कारहरुको सम्पुर्ण जानकारी प्रस्तुत छ । नेपालमा उपलब्ध भएका सबै चारपांग्रे गाडी अर्थात कारहरुको मुल्य पनि यस म्यागजिनमा समावेश छ ।


यसैगरी विशेष अंकमा आइओटीको बारेमा लेख रहेको छ भने ग्याजेट्सको बारेमा रिभ्यु र सम्पुर्ण स्मार्टफोनहरु बजार मुल्य राखिएको छ । यसमा चाडवाडको समयमा कसरी प्रविधिको सहि सदुपयोग गर्नेबारेमा पनि लेख प्रस्तुत गरिएको छ । कभरमा डिस होममा सिइयो सुदिप आचार्यको तस्विर सहित प्रोफाइल प्रस्तुत गरिएको छ भने अन्य थुप्र्र्रै जानकारीमुलक सामग्रीहरु यसमा समावेश छ ।


म्यागजिन नेपालभरी पत्रिकापसलहरुमा उपलब्ध छ । यसैगरी अनलाइन स्टोरबाट पनि डिजिटल कपि तथा प्रिन्टेड कपि अर्डर गर्न ‘सकिन्छ । यसको वार्षिक ग्राहक बनेमा आकर्षक उपहारहरु सहित छुट पनि प्रदान गरिएको छ । यसको लागि http://shop.livingwithict.com मा गएर ग्राहक बन्न तथा नयाँ अंक डाउनलोड गर्न सकिन्छ ।

नयाँ अंक डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस : http://shop.livingwithict.com/product/ict-asoj-2075/