कीवर्डहरू -

हुवावेका २ वटा नयाँ स्मार्टफोन बजारमा 

हुवावेका २ वटा नयाँ स्मार्टफोन बजारमा 

विभिन्न ब्रान्डका स्मार्टफोनहरु नेपाली बजारमा आउने क्रम जारी रहेको छ । सामसुङ, आइफोन, हुवाई, ओपो, वानप्लस जस्ता विभिन्न ब्रान्डले दशैतिहारलाई लक्षित गरेर स्मार्टफोनहरु बजारमा ल्याएको देख्न सकिन्छ । हुवाईको पछिल्लो स्मार्टफोन नोभा ३ आइ र नोभा २ आइले नेपाली बजारमा सफलता प्राप्त गरेको थियो । यी दुई स्मार्टफोनको सफलता पछि हुवाईले नोभा २ लाइट र वाइ ५ लाइट नेपाली बजारमा ल्याएको छ ।


हुवाई नोभा २ लाइट
यसको ५.९९ इन्च आइपिएस एचडी डिस्प्लेको साथमा १४४० ह ७२० एचडी रेजोलुसन रहेको छ । यसमा १३ एमपी र २ एमपी डुअल मेन क्यामेरा रहेको छ । यसमा सेल्फी क्यामेरा ८ एमपी रहेको छ । यसमा ३ जीबी ¥याम र ३२ जीबी स्टोरेज रहेको छ । यसमा ३००० एमएएच नन–रिमुभएबल ब्याट्रीको साथमा माईक्रो यूएसबि २.० रहेको छ । यसमा एन्ड्रोइड ८.० ओरीयो अपरेटिङ सिस्टम रहेको छ । यसमा डुअल सिम र माइक्रो एटिडीको स्लट रहेको छ । यसको नेपाली बजारको मूल्य रु.२३,९०० रहेको छ । यसलाई अन्तराष्ट्रिय बजारमा वाई ७ प्राइम २०१८ नामले पनि चिनिन्छ ।


हुवाई वाइ ५ लाइट
यसको ५.४५ इन्च आइपिएस एचडी डिस्प्लेको साथमा १४४० ह ७२० एचडी रिसलुशन रहेको छ । यसमा ठूलो स्क्रिन र बेजल पनि रहेको छ । ८ एमपी मेन क्यामेरा रहेको छ । यसमा १ जीबी ¥याम र १६ जीबी स्टोरेज रहेको छ । यसमा ३०२० एमएएच नन–रिमुभएबल ब्याट्रीको साथमा माईक्रो यूएसबि २.० रहेको छ । यसमा एन्ड्रोइड गो ८.१ ओरीयो अपरेटिङ सिस्टम रहेको छ । यसको नेपाली बजारको मूल्य रु.१३,९०० रहेको छ ।