कीवर्डहरू -

गेटबक्सको \'भर्चुवल होम रोबट\' अब बिशेष छुटमा उपलब्ध हुने

गेटबक्सको \'भर्चुवल होम रोबट\' अब बिशेष छुटमा उपलब्ध हुने

जापनिज कम्पनी ‘गेटबक्स आइन्सी’ले निर्माण गरेको ‘गेटबक्स भर्चुअल असिस्टेन्ट’ विश्वको पहिलो भर्चुअल होम रोबट हो । उक्त कम्पनीले ए.आइ होम वाइफको विकास गरेको हो जसले आफ्नो मालिकलाई एक्लोपन हुन नदिने बताइएको छ । 

क्राउडफन्डिङबाट सन २०१६ मा ‘गेटबक्स भर्चुअल असिस्टेन्ट’ का लागि प्रि(अर्डरहरु सुरु भएको ओर्जिनल गेटबक्सको मूल्य भने ३ लाख येन अर्थात २,६७८ डलर रहेको थियो ।

‘लिभिङ विथ क्यारेक्टर’ स्लोगन रहेको गेटबक्समा एनिमेको प्रमुख क्यारेक्टर ‘अजुमा हिकारी’लाई प्रयोग गरिएको छ । भर्चुअल क्यारेक्टर अजुमा हिकारीले च्याट गरेर, टेक्स्ट गरेर, बत्ती बाल्न निभाउन मद्दत गरेर भर्चुअल इफेक्टको अनुभव गराउँछ । 

अब स.न २०१८ मा भने कम्पनीले सोही गेटबक्स मास प्रोडक्सनमा निकाल्ने हुनाले यसको मूल्य आधा घट्ने भनिएको छ । यसको मूल्य घटेर १ लाख पचास हजार येन अर्थात १,३३९ डलर मात्र हुने भएको छ । 

फामिट्सुका अनुसार नयाँ भर्जनमा थप सुधारहरु गरिएको छ जस्तै यो भर्जन अब अझ पातलो डिजाइनमा आउने भएको छ । राम्रो वार्तालाबका यसमा डिउल माइक्रोफोन राखिएको छ र फेस र मुभमेन्ट रेकगनिसनका लागि सेन्सरहरु जडान गरिएको छ । अहिलेको लागि भने यसको मोडल जापान मात्र बिक्रीमा राखिएको छ । 


सुसन चौधरी