कीवर्डहरू -

अनलाइन अनैतिक व्यवहारलाई कम गर्न फेसबुकको नयाँ नीति

अनलाइन अनैतिक व्यवहारलाई कम गर्न फेसबुकको नयाँ नीति

सामाजिक सञ्जालको हानिलाई सामना गर्न फेसबुकले नयाँ नीति ल्याएको छ । यस नीतिले फेसबुकलाई सामाजिक सञ्जालमा अनैतिक कामहरु गर्ने अकाउन्टलाई डिलिट गर्न दिनेछ ।

यो नीतिले पहिले हानीजन्य व्यवहारहरुलाई हटाउन नसकिएको कन्टेन्टहरुलाई पनि हटाउन दिन्छ । यसले आधिकारिक अकाउन्टबाट गरिएको अनैतिक सामाग्रीहरुलाई हटाउन फ्रेमवर्क प्रदान गर्ने गर्दछ ।

दिनानुदिने अनैतिक सामाग्री हाल्ने गतिविधि बढदै गएकाले यो नीति ल्याउनु एकदमै महत्वपूर्ण रहेको फेसुबकले बताएको छ । धेरै मान्छेले कम्युनिटी गाईडललाइन पनि नमानिरहेको पाईएको छ । यस नीतिले फेसबुकमा ग्रुपहरुलाई पनि लक्षित गर्नेछ ।

खोपको बारेमा गलत जानकारी फैलाउनेहरुलाई पनि यस नीति अन्तर्गत कारवाही गरिनेछ । फेसबुकले अकाउन्ट ब्लक गरिदिनसक्छ वा ब्यान गरिदिन सक्छ ।