कीवर्डहरू -

टेलिग्राममा साइबर अपराध बढ्दै

टेलिग्राममा साइबर अपराध बढ्दै

टेलिग्राममा एकदमै धेरै साइबर अपराधहरु हुन थालेको एक अनुसन्धानले देखाएको छ । यो एप इन्क्रिप्टेड र सजिलै पहुँच पाउन सकिने भएकाले वर्षाैँ देखि साइबर अपराधीहरुको आफ्नो क्रियाकलापका लागि यो एप छनौटमा पर्दै आएको बताइएको छ ।

द फाइनान्स्यिल टाइम्स र साइबरइन्टले गरेको अनुसन्धान अनुसार साइबर अपराधीहरु द्वारा टेलिग्रामको प्रयोग सत प्रतिशतले बढेको छ ।

ह्वाट्सएपमा प्राईभेसी नीति परिवर्तन भएर धेरै प्रयोगकर्ताहरु टेलिग्राम तर्फ आर्कषित भएपछि साइबर अपराधहरु बढ्न थालेको जनाइएको छ । एपमा ह्याकरहरुको संख्या एकदमै बढेको गएको र उनीहरूले डेटा लिक गरिरहेको पनि अनुसन्धानले देखाएको छ ।

एपमा लिक भएको डेटामा ३ लाख देखि ६ लाख ईमेल तथा पासवर्डहरु रहेका छन् । साइबर अपराधीहरुले क्रेडिट कार्ड नम्बर, पासवोर्टको कपी र ह्याकिङ टूलहरु एप मार्फत विक्री गरिरहेको पाईएको छ ।