कीवर्डहरू -

मंसिरमा “थ्रेट कन २०१८” सम्मेलन आयोजना हुदै

मंसिरमा “थ्रेट कन २०१८” सम्मेलन आयोजना हुदै

नेपालमा साइबर सेक्युरिटी सम्वन्धी एक अन्तराष्ट्रिय सम्मेलन 'थ्रेट कन २०१८' हुन गइरहेको छ । मसिंर पहिलो हप्ता होटल अन्नपुर्णमा आयोजना हुने कार्यक्रममा गुगल, क्यास्परस्की, बिट डिफेन्डर लगायतका विज्ञहरुको सहभागिता हुने निश्चित भएको छ ।


थ्रेट कनले साइबर सेक्यूरिटि विकासकर्ता, अभ्यासकर्ता, आइटी प्रशासकहरु तथा साइबर सेक्यूरिटी अभ्यासमा चासो भएको सम्पूर्ण व्यक्तिहरुको लागी यसको गुणस्तर अभ्यास र नयाँ सेक्यूरिटि सिस्टमको सिर्जना तथा विकास गर्ने उदेश्य रहेको राखेको छ  । यो सम्मेलन थ्रेटनिक्सले गेट प्रा.ली को सहकार्यमा गर्न लागेको होे ।


यो सम्मेलन अन्नपूर्ण होटलमा मंसिर ६ र ७ गते हुने २ दिने सम्मेलन रहेको छ । यहाँ स्पिकरहरुको समूहमा विभिन्न देशको साइबर सेक्यूरिटि विकासकर्ता व्यत्तिहरु रहेका छन् । यो कार्यक्रमाको पहिलो दिन वर्कसप र दोस्रो दिन सम्मेलन रहेको छ । यस कार्यक्रममा भाग लिनको लागी टिकट खरिद गर्नु आवश्यक हुन्छ । स्टुडेन्ट, स्टान्डर र कर्पोरेट गरी ३ प्रकारका टिकटहरु रहेका छन् ।


नेपाली विधार्थीको लागी अगाडी नै टिकट खरिद गरेमा यसको मुल्य रु १ हजार ५ सय पर्दछ । यदि ढिलो गरि टिकट खरिद गरेमा सबै प्रकारको टिकटको मुल्य बढि पर्ने आयोजकले जनाएको छ ।
कार्यक्रमको थप जानकारी र टिकटको लागी थ्रेटकन.आइओ https://threatcon.io वेबसाइटबाट प्राप्त गर्न सक्नु हुन्छ ।