कीवर्डहरू -

च्याटमा साथी बोलाउन नयाँ फिचर ल्याउँदै क्लबहाउस

च्याटमा साथी बोलाउन नयाँ फिचर ल्याउँदै क्लबहाउस

क्लबहाउसले च्याटमा साथी बोलाउन ‘वेब’ नामक नयाँ फिचर ल्याउने भएको छ । एपमा आफ्ना साथीहरुसँग निजी च्याट रुम पनि बनाउन मिल्ने हुँदा यो फिचरले प्रयोगकर्ताको साथीहरुलाई अडियो च्याटका लागि बोलाउन सहज पार्ने गर्दछ ।

हात वाला आइकनमा क्लिक गरेर मात्रै पनि साथीलाई च्याटका लागि इन्भाईट गर्न सकिने व्यवस्था क्लबहाउसले गर्न  लागेको हो । केही दिन पछि कम्पनीले प्रयोगकर्ताको प्रोफाइलमा ‘वेब’ बटन राखिदिनेछ जुन मेसेन्जरमा कसैसँग सुरुमा च्याट गर्दा खेरीको ‘वेब’ आईकन जस्तै देखिन्छ ।

‘वेब’ बटनमा थिचेपछि अर्काे प्रयोगकर्ताले तपाई च्याट गर्न चाहिरहेको हुनुहुन्छ भनेर बुझ्न सक्नेछन् । उनीहरु प्रतिक्रिया दिएमा एउटा नयाँ रुम खुल्ने गर्दछ । यो एप सुरुमा इन्भाईट पाएपछि मात्रै जोडिन मिल्ने गरी सुरुवात भएको थियो । यो एप एलन मस्क र मर्क जुकरबर्ग जस्ता व्यक्तिहरुले पनि मनपराएको एप हो ।