कीवर्डहरू -

ब्राउजरमा आफै वेबक्यामको ब्राइटनेस समायोजन हुने फिचर ल्याउँदै गूगल मिट

ब्राउजरमा आफै वेबक्यामको ब्राइटनेस समायोजन हुने फिचर ल्याउँदै गूगल मिट

गूगल मिटले ब्राउजरमा आफै वेबक्यामको ब्राईटनेस समायोजन हुने फिचर ल्याउने भएको छ । यसले प्रयोगकर्ताहरुलाई कलमा अरु साथी तथा सहकर्मीहरुलाई हेर्न सहज बनाउनेछ ।

गूगल मिटको वेब भर्सनले कोही प्रयोगकर्ता खराब प्रकाशको कारण राम्ररी देखिएको छैनन् की भन्ने बारे थाहा पाउँनेछन् र स्वायत्त रुपमा वेबक्यामको बाईटनेस बढाई दिनेछ ।

यसले तपाईको फिडलाई पनि उज्यालो बनाउने छ । ब्राउजरले एआई प्रयोग गरेर प्रकाशको स्तर मापन गर्ने गर्दछ तर यो फिचरमा एडमिन कन्ट्रोल भने हुने छैन् । यो फिचर मन नपरेमा स्वीच अफ पनि गर्न पनि सकिने कम्पनीले जनाएको छ ।

यो फिचर ईनेबल गर्दा डिभाईस स्लो हुन सक्ने गूगलले बताएको छ । यो फिचर सबै वर्कस्पेस र जीसुट प्रयोगकर्ताहरुले प्रयोग गर्न पाउनेछन् । यो फिचर अक्टोबर ४ देखि १५ दिन भित्रमा सबै वबे भर्सन प्रयोगकर्ताले पाउन सक्नेछन् ।