चिनियाँ बालबालिकाले अब प्रतिदिन ४० मिनेट मात्रै टिकटक एप चलाउन पाउने भएका छन् । बाईटडान्सले चिनियाँ बालबालिकाले अब प्रतिदिन ४० मिनेट मात्रै एप चलाउन मिल्ने नियम ल्याएको हो ।
टिकटकको चिनियाँ भर्स डुईनमा १४ वर्ष मुनिका बालबालिका स्वतः रुपमा ‘युथ मोड’ मा जानेछन् र प्रति दिन ४० मिनेट मात्रै एप चलाउन सक्नेछन् ।
यो सँगै कम्पनीले जिआओ सु जिङ (लिटल फन स्टार) नामक नयाँ एप ल्याएको छ, जुन सिमित विषय भएको टिकटकको जस्तै छोटो भिडियो एप हो ।
यसमा पनि ४० मिनेटको समय सिमा हुने गर्दछ तर यो एपममा बालबालिकाहरुले भिडियो लाईक मात्रै गर्न सक्नेछन् अपलोड र सेयर भने गर्न पाउँदैनन् ।
समय सिमासँगै चिनियाँ बालबालिकाले डुईन एप रातिको १० बजेदेखि बिहानको ६ बजेसम्म प्रयोग गर्न पाउँदैनन् । यो फिचर वास्तनिक नाम र उमेर दिएको प्रयोगकर्ताका लागि मात्रै लागु हुने गर्दछ ।
त्यस कारणले डुईनले अभिभावकलाई बालबालिकाको वास्तविक नाम र उमेर रजिस्टर गराउन अनुरोध गरेको छ । बाईटडान्सले डुईनमा विज्ञान, ईतिहास, गणित जस्ता विषयका शैक्षिक सामाग्री पनि थपेको छ ।
जिआओ सु जिङले भने पूर्ण रुपमले शैक्षिक सामाग्री मात्रै प्रदान गर्ने गर्दछ । यो परिवर्तनले धेरै प्रयोगकर्ताले फरक पार्दैन् किनभने साउथ चाईना मर्निङ पोस्टका अनुसार डुईनमा १२ वर्ष मुनिका ०.३४ प्रतिशत मात्रै प्रयोगकर्ता रहेका छन् । त्यस्तै १३ देखि १९ वर्षमा ४.१८ प्रतिशत प्रयोगकर्ता रहेका छन् ।
यो पनि पढ्नुहोस्ः चीनमा अब बालबालिकाले हप्तामा तीन घण्टाभन्दा बढी भिडियो गेम खेल्न नपाउने