लेनोभोले नेपाली बजारमा २ वटा नयाँ स्मार्टफोनहरु ल्याएको छ । यी फोनहरु अन्र्तराष्ट्रिय बजारमा एप्रिल महिनामा नै लन्च भएको थियो । यि २ फोनहरुकोे बिशेषता, नेपाली बजारको मूल्य यस प्रकार रहेको छ ।
लेनोभो के ५ प्ले
यसको ५.७ इन्च आइपिएस एलसिडी एचडी डिसप्ले रहेको छ । यसको छेउ बेजल लेस भए पनि तल र माथिको साइडमा बेजल रहेको छ । यसमा ३ जीबी ¥याम र ३२ जीबी स्टोरेज रहेको छ । यसको स्टोरेज माक्रोएसडी काडद्धारा १२८ जीबी सम्म बढाउन सकिन्छ ।
यसमा १३ एमपी र २ एमपी डुअल क्यामेरा रहेको छ । यसको सेल्फी क्यामेरा ८ एमपी रहेको छ । यसमा अक्टा–कोर स्न्यापड्राइगन ४३० चिप सहित एन्ड्रोइड ८.० ओरीयो अपरेटिङ सिस्टम रहेको छ । यसको ब्याट्रीको कुरा गर्दा यसको ब्याट्री ३०३० एमएएच रहेको छ । यसको नेपाली बजार मूल्य रु. १७,९९९ रहेको छ । यो हाम्रो बजेट भित्र रहेको स्मार्टफोनको रुपमा पनि लिन सकिन्छ ।
लेनोबो एस ५
यसको ५.७ इन्च आइपिएस एलसिडी एचडी डिसप्ले रहेको छ । यो पुरै मेटल डिजाईनमा रहेको छ । यसको छेउ बेजल लेस भए पनि तल र माथिको साइडमा बेजल रहेको छ । यसमा ४ जीबी ¥याम र ६४ जीबी स्टोरेज रहेको छ । यसको स्टोरेज माक्रोएसडी काडद्धरा १२८ जीबी सम्म बढाउन सकिन्छ ।
यसमा १३ एमपी र १३ एमपी डुअल क्यामेरा रहेको छ । यसको सेल्फी क्यामेरा १६ एमपी रहेको छ । यसमा अक्टा–कोर स्न्यापड्राइगन ६२५ चिप सहित एन्ड्रोइड ८.० ओरीयो अपरेटिङ सिस्टम रहेको छ । यसमा ३००० एमएएच ब्याट्री रहेको छ । यसको नेपाली बजार मूल्य रु. २६,९९९ रहेको छ ।
यो स्मार्टफोन नेपालमा लेनेभोको नयाँ ड्रिस्टीब्युटर अमबे मोबाइलएस प्रा.ली. ले लन्च गरेको हो ।