कीवर्डहरू -

“फ्लेक्सपाई” – विश्वको पहिलो फोल्डएबल स्मार्टफोन बजारमा

“फ्लेक्सपाई” – विश्वको पहिलो फोल्डएबल स्मार्टफोन बजारमा

सामसुङले ल्याउने फोल्डएबल फोनको पर्खाइमा रहेको बेलामा रोयोल कोअपरेशनले फ्लेक्सपाइ नामक फोल्डएबल स्मार्टफोन बजारमा ल्याएको छ । यो चिनको बेजिङमा भएको कार्यक्रममा विश्वको पहिलो फोल्डएबल फोनको रुपमा बजारमा लन्च भएको हो ।


यसको ७.८ इन्च स्क्रिन रहेको छ । यो पुरै अनफोलड गर्दा ट्याबलेट साइजको हुन्छ । यसमा ६ जीबी ¥याम र १२८ जीबी, २५६ जीबी स्टोरेज रहेको छ । यसमा २० मेगापिक्सल रेयर क्यामेरा र १६ मेगापिक्सल सेल्फी क्यामेरा रहेको छ । रोयोल कोप्अरेशनका अनुसार यसलाई २००,००० भन्दा पनि धेरै पटक बेन्ड गर्न मिल्ने बताइएको छ । यसलाई वालेट साइजमा फोल्ड गर्न सकिन्छ ।


फोल्डएबल फोन त्यती सस्तो चाँहि छैन । यसको १२८ जीबी मोडलको १,३१८ अमेरीकी डलर र २५६ जीबी मोडलको १,४६९ अमेरीकी डलर बताइएको छ । यसको प्रि ः अडर सुरु भए पनि यसको सिपिङ डिसेम्बर अन्तिममा हुने बताइएको छ ।