कीवर्डहरू -

बहुपक्षीय सरोकारवालाको सहकार्यमा जोड दिदै नेपाल आइजिएफ २०१८ सम्पन्न

बहुपक्षीय सरोकारवालाको सहकार्यमा जोड दिदै नेपाल आइजिएफ २०१८ सम्पन्न

काठमाडौं । इन्टरनेट सोसाइटी नेपालको मुख्य आयोजना र इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटको सहआयोजनामा दोस्रो संस्करणको ‘नेपाल इन्टरनेट गभर्नेन्स फोरम २०१८’ सम्पन्न भएको छ ।

शुक्रबारदेखि २ दिनसम्म काठमाडौंको होटल हिमालयमा भएको सो राष्ट्रिय फोरम ‘सहज पहुँच, सुलभ र सुरक्षित इन्टरनेट’ नारासहित सञ्चालन भएको थियो ।

इन्टरनेट प्रविधिसम्बन्धी १८ ओटा विधागत प्रस्तुति र छलफल भएको फोरममा नेपाल सरकार, नीजि क्षेत्र, नागरिक समाज र आम इन्टरनेट प्रयोगकर्ता गरी २ सयभन्दा बढीको सहभागिता रहेको थियो ।

फोरममा इन्टरनेट पूर्वाधार, विद्युतिय अर्थतन्त्र, साइबर सेक्युरिटी, पूर्वाधार विकास, फेक न्युज र सामाजिक सञ्जाल जस्ता विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरूसँग छलफल भएको थियो ।

इन्टरनेट सेवाको गुणस्तर विस्तार, इन्टरनेटमा सूचना अभिव्यक्ति स्वतन्त्रता, समावेशीकरणका साथै नेपालमा स्मार्ट सिटीको प्रवद्र्धन र सम्भावनाका विषयमा समूहगत छलफल र निचोड निकालिएको इन्टरनेट सोसाइटी नेपालका अध्यक्ष सन्तोषबाबु सिग्देलले बताए ।

फोरममा फेसबुक, इन्टरनेश्नल इन्टरनेट गभरनेन्स् फोरम, आइक्यान, एपिनिक जस्ता अन्तराष्ट्रिय प्रविधि संस्थाहरूको समेत सहभागिता रहेको थियो ।

फोरमको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरलेलले गरेका थिए भने समापन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले गरेका थिए ।

लिभिङ विथ आइसिटीले आगामी अंकमा नेपाल आइजिएफ २०१८, वर्तमान इन्टरनेट प्रविधि र बहुपक्षीय सरोकारवालाको सहकार्यसम्बन्धी विशेष रिपोर्ट प्रकाशन गर्ने भएको छ ।

\"Image