कीवर्डहरू -

टिकटक बन्यो मासिक रुपमा एक करोड प्रयोगकर्ता रहेको सामाजिक सञ्जाल 

टिकटक बन्यो मासिक रुपमा एक करोड प्रयोगकर्ता रहेको सामाजिक सञ्जाल 

टिकटकको मासिक रुपमा एक करोड सक्रिय प्रयोगकर्ता भएका छन् । टिकटकले भाइन बन्द गरेको पाँच वर्षपछि यो माईलस्टोन पुरा गरेको हो । एक करोड प्रयोगकर्ता हुनु कुनै पनि सामाजिक सञ्जालका लागि ठूलो विषय हो । गत वर्ष ट्रम्प प्रशासणले बाईटडान्सले अमेरिकी कम्पनीलाई टिकटक विक्रि नगरेमा टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाईदिने भनेको थियो ।

त्यस्तै भारत, पाकिस्तान लगायतका देशहरुले पनि टिकटक प्रयोगमा प्रतिबन्ध लगाएका छन् । यति हुँदाहुँदै पनि टिकटकले सन् २०२१ म सफलतापूर्वक एक करोड प्रयोगकर्ता बनाउन सफल भएको छ ।

यो एप विश्वव्यापी रुपमा सन् २०१८ बाट मात्रै उपलब्ध भएको थियो र केही ठाउँमा डाउनलोडका लागि सन् २०१७ मा उपलब्ध भएको थियो । ईन्टरनेटको विस्तार भएसँगै सामाजिक सञ्जालको प्रयोगकर्ता पनि दैनिक रुपमा बढ्दै गएका छन् ।