कीवर्डहरू -

इन्स्टग्राममा लोकप्रिय ह्रयासट्गहरु #love र #selfie हुन्, के छन् अन्य रोचक तथ्य, पुरा पढ्नुहोस

इन्स्टग्राममा लोकप्रिय ह्रयासट्गहरु  #love र #selfie हुन्, के छन् अन्य रोचक तथ्य, पुरा पढ्नुहोस

बारे रोचक तथ्यहरु
इन्स्टग्राम एउटा निःशुल्क मोबाइल एप हो जसले तपाईलाई फोटो खिच्न, रमाईला फिल्टर ( Filter ) हरु थप्न र साथीभाइ तथा आफन्तजनमाझ सेयर गर्न सुविधा प्रदान गर्दछ । विगत केही वर्षयता इन्स्टग्राम एक प्रभावशाली सोसल नेटवर्कको रुपमा विकास भएको छ । केही अध्ययनका अनुसार अमेरिकाका २३ प्रतिशत किशोर–किशोरीको सबैभन्दा लोकप्रिय सोसल मिडियाको रुपमा इन्स्टग्राम स्थापित भइसकेको छ ।

१. सन् २०१० अप्रिल ६ का दिन आइफोनको एउटा एप्लिकेशनको रुपमा इन्स्टग्रामलाई आधिकारिक रुपमा सार्वजनिक गरिएको थियो । एक महिनाभित्र यसका १० लाख युजर पुगिसकेका थिए ।


२. सन् २०१२ को अपिल महिनामा फेसबुकले आफ्ना लगभग १ अर्व प्रयोगकर्ताका लागि इन्स्टग्राम खरिद गर्याे । विक्रीको समयमा इन्स्टग्रामका जम्मा १३ जना मात्र कर्मचारी थिए ।


३. इन्टग्रामका प्रयोगकर्ताहरुमा महिला ६४ प्रतिशत, पुरुष ३६ प्रतिश र १५–३५ वर्षका युजरहरु ७३ प्रतिशत रहेका छन् ।


४. इन्स्टग्रामको एन्ड्रोइड भर्सन ३ अप्रिल २०१३ मा सार्जजनिक भयो । सार्वजनिक भएको २४ घण्टा भित्रै यो १० लाख पटक डाउनलोड भइसकेको थियो ।


५. जुन २०१३ मा इन्स्टग्रामले छोटो भिडियो अप्लोड गर्न सकिने अप्सन थप्यो । यसको २४ घण्टा भित्र ५० लाखभन्दा भिडियोहरु अप्लोड भए ।


६. अहिले इन्स्टग्राममा सबैभन्दा लोकप्रिय भएका ब्रान्डहरुमा न्यास्नल जिओग्रँफिक, निक र ९जिएजी (ढन्ब्न्) रहेका छन् ।


७. सबैभन्दा बढी लाइक र कमेन्ट प्राप्त गर्ने फिल्टर मेफेअर ( Mayfair ) हो ।


८. सबैभन्दा लोकप्रिय ह्रयासट्यागको रुपमा #love #selfie रहेका छन् ।


९. मोबाइल फोनबाट ट्वीटर चलाउने युजरभन्दा इन्स्टग्राम चलाउने युजर बढी छन् ।


१०. सबैभन्दा बढी इन्स्टग्राम चलाउने समय राति ८ बजेदेखि राति ९ बजेसम्म रहेको छ । ३० प्रतिशत पब्लिकेशन हप्ताको अन्तिम दिन हुने गरेको छ ।


११. इन्स्टग्रामको ५३ प्रतिशत पोष्टमा कम्तिमा एउटा ह्यासट्याग हुनेगरेको छ भने २० प्रतिशत पोस्टमा ६ ओटाभन्दा बढी ह्यासट्याग हुनेगरेको छ ।


१२. इन्स्टग्राम ४८ प्रतिशत प्रोफेसनल युजर रहेकाका छन् भने ४६ प्रतिशत उच्च शिक्षा (डिग्री) हासिल गरेका छन् ।