फेसबुकले इन्स्टाग्राम मार्फत युवा पुस्ताको मानसिक स्वास्थयमा कस्तो असर पारिरहेको छ भनेर स्लाईड सार्वजनिक गरेको छ । यही रिपोर्टले गर्दा इन्स्टाग्राम किड्सको काम पनि इन्स्टाग्रामलाई बन्द गर्न धेरै प्रयोगकर्ताहरुले भनिरहेका छन् ।
युवाहरुले इन्स्टाग्राम चलाउँदा आफू धनी, आकर्षक र पूर्ण रुपमा उत्कृष्ट हुनुपर्छ भन्ने सोचको विकास गर्नमा वाध्य बनाईरहेको पाईएको छ । हरेक पाँच जनामा एक जना युवाले इन्स्टाग्रामले आफ्नो बारेमा नराम्रो सोच्न बाध्य बनाईरहेको जनाएका छन् ।
बेलायतमा यस्ले झनै नराम्रो असर देखाएको पाईएको छ । मिम सामाग्रीहरुले युवा पुस्तालाई सबैभन्दा खुशी पार्ने पनि रिपोर्टले जानकारी दिएको छ । यो रिपोर्टलाई अरु सबै युवालाई पनि यस्तै मानसिक स्वास्थयमा असर पर्छ भन्ने बुझ्नु गलत हो भनेर फेसबुकले बताएको छ ।