कीवर्डहरू -

नेपालमा क्यास्परस्की एन्टिभाइरसको १० वर्ष पुरा, थप परिमार्जनसहित नयाँ २०१९ संस्करण बजारमा

नेपालमा क्यास्परस्की एन्टिभाइरसको १० वर्ष पुरा, थप परिमार्जनसहित नयाँ २०१९ संस्करण बजारमा

काठमाडौं । नेपालको बजारमा रसियन कम्पनी क्यास्परस्की ल्याबका एन्टिभाआइरस प्रडक्टको आधिकारिक विस्तार भएको १० वर्ष पुरा भएको छ ।

सन् २००८ देखि नेपालका लागि आधिकारिक विक्रेता सागर टेक्नोलिंक रहेको क्यासपरस्की ल्याबले उपभोक्तालाई अझै बढी सजिलो र गुणस्तरीय सुरक्षाका साथ थप परिमार्जन गर्दै नयाँ २०१९ संस्करण बजारमा ल्याएको छ ।

नेपालमा ४० प्रतिशतभन्दा बढी बजार हिस्सा आफ्नो रहेको दाबी गर्ने यो प्रडक्टको २०१९ नयाँ संस्करणअन्तर्गत ल्यापटप÷कम्प्युटरका लागि प्रयोग गरिदै आएको क्यास्परस्की एन्टिभाइरस, क्यापरस्की इन्टरनेट सेक्युरिटीका साथै एन्ड्रोइड मोबाइल सुरक्षाका लागि विशेष प्रडक्ट क्यापरस्की इन्टरनेट सेक्युरिटी फर एन्ड्रोइड उपलब्ध छन् ।

कम्पनीका अनुसार क्लाउड स्टोरेजको अपडेट डाटाबेस फाइलहरु समेत प्रयोग गर्न सकिने गरी परिमार्जन गरिएको २०१९ संस्करणले प्रयोगकर्ताको कम्प्युटर वा डिभाइसमा निकै कम मात्र कम्प्युटर रिसोर्स लिने हुनाले पहिलेको तुलनामा धेरै हदसम्म डिभाइसलाई ढिला गराउँदैन ।

विगतमा कम गतिको इन्टरनेट सुविधा तथा प्रयोगसम्बन्धी न्यूनतम ज्ञान र अन्य प्राविधिक कारणले प्रडक्ट एक्टिभेसनमा कहिलेकाँही आउने गरेको समस्या समेत यो नयाँ संस्करणमा समाधान गरिएको छ ।

आधुनिक समाजमा दिनदिनै हरेक घरमा मोबाइल, कम्प्युटर, राउटरलगायत कनेक्टेड डिभाइसको संख्या बढ्दै इन्टरनेटमा निर्भर हुँदै गइरहेको जीवनशैलीसँगै साइबर सुरक्षाको जोखिम बढिरहेको छ । यस्तो बेला बालबालिका, सामाजिक सञ्जालका साथै मोबाइल डिभाइसको सुरक्षा अझ चुनौतीपूर्ण छ ।

नयाँ संस्करणको क्यापरस्की प्रडक्टअन्तर्गत एन्टिभाइरसमा एक डिभाइसको एक हजार र ३ डिभाइसको १ हजार ७ सय ५० मूल्य रहेको छ । यसमा हाल ५० प्रतिशत छुट अफर (सपोर्टबाहेक) रहेको छ । त्यस्तै इन्टरनेट सेक्युरिटीमा एक डिभाइसको एक हजार ७ सय ५० र ३ डिभाइसमा ३ हजार ४ सय रुपियाँ रहेको छ । यो मूल्यमा पनि ५० प्रतिशत छुट दिइएको छ ।

त्यस्तै इन्टरनेट सेक्युरिटी फर एन्ड्रोइड -स्मार्टफोन, ट्यालेट_मा पनि एक डिभाइसको एक हजार ७ सय ५० र ३ डिभाइसको ३ हजार ४ सय रुपियाँ रहेको छ । यसमा पनि ५० प्रतिशत छुट प्रदान गरिएको छ ।