कीवर्डहरू -

दाङको घोराहीमा गुगल डेभफेष्ट २०१८ सम्पन्न

दाङको घोराहीमा गुगल डेभफेष्ट २०१८ सम्पन्न

गुगल डेभफेष्ट २०१८ को संस्करण दाङको घोराहीमा सम्पन्न भएको छ । दाङमा अध्ययनरत सुचना तथा प्रविधिका विद्यार्थीहरुलाई लक्षित गरिएको सेमिनार गुगल डेभलपर्स ग्रुप दाङले आयोजना गरेको हो ।

कार्यक्रममा काठमाण्डौबाट आएका विज्ञहरु मनोज अधिकारी, सुजित सिंह, मिलन खर्बुजाद्धारा एन्ड््रोईड प्रोग्रामिङ, मसिन लर्निङ, आर्टिफिसिएल ईन्टेलिजेन्स जस्ता विषयहरुमा प्रशिक्षण दिईएको थियो । डिजिटल दाङ भन्ने नाराका साथ दाङमा आईटी क्षेत्रका विद्यार्थी तथा यस क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुका लागि थप उर्जा प्रदान गर्ने विश्वास रहेको गुगल डेभलपर्स ग्रुप, दाङका संस्थापक निरज भुसालले वताउनु भयो ।

यसै गरी दाङका आइटी क्षेत्रमा काम गरिरहेका र अध्ययनरत छरिएका व्यक्तिहरुलाई एकिकृत गरी दाङलाई आइटी क्षेत्रमा अघि बढाई थप विस्तार गर्न यस्ता कार्यक्रम प्रभावकारी भएको विश्वास गरेको गुगल डेभलपर्स ग्रुप, दाङका सह संस्थापक, अभिषेक पाण्डे र अभिषेक आचार्यले वताउनु भयो ।


यस कार्यक्रम दाङ घोराहीको होटल डोकोमा सम्पन्न भएको थियो र प्रायोजकमा गुगल, गुगल डेभलपर्स, सपोटर्समा क्यान फिडीरेशन दाङ, राप्ती ईञ्जिनियरिङ कलेज, अम्बिकेश्वरी क्याम्पस, ए.आइ.जी काठमाण्डौ, क्रियटिभ टेक्नो सोलुसन्स्, ओपन नलेज नेपाल, पेमेन्ट पार्टनरमा खल्ती एप रहेका थिए ।


आगामी दिनमा अझै संगठित भई अन्य थुप्रै ज्ञानमूलक कार्यक्रमहरु स्क्ुल तथा क्याम्पसहरुमा गर्ने अपेक्षा गर्दै यस कार्यक्रमको सफलतापूर्वक समापन गुगल डेभलपर्स ग्रुप, दाङका प्रमुख प्रतिनिधि, सन्देश चौधरीले गर्नु भएको थियो ।