कीवर्डहरू -

ओपोद्वारा नयाँ एसेवेनका लागि प्रि–अर्डर, बिहिबार सार्बजनिक गरिने

ओपोद्वारा नयाँ एसेवेनका लागि प्रि–अर्डर, बिहिबार सार्बजनिक गरिने

सेल्फी एक्स्पर्ट तथा लिडर, ओपोले नेपाली बजारमा ए सिरिजका स्मार्टफोन्स अन्तर्गत आफ्नो नयाँ उत्पादन एसेवन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीका अनुसार समस्त नेपालीहरुको महान चाड तिहारका अवसरमा शक्तिशाली ब्याट्री र प्रिमियम डिजाइन सहितको ओपो एसेवन विशेष मितब्ययी मूल्यमा सार्वजनिक गर्न लागिएको हो ।

ईच्छुक उपभोक्ताका लागि कम्पनीले नयाँफोनको प्रिअर्डर खुल्ला गरिएको घोषणा गरेको छ । प्रिअर्डरको अवधि नोवेम्बर ६ देखि १४ सम्म रहने कम्पनीले जानकारी दिएको छ  । फोनको फस्र्ट सेल्स ईभेन्ट भने नोवेम्बर १५ का दिन कम्पनीको पाको न्यूरोड स्थित आधिकारिक शोरुमबाट हुने छ । 

प्रिअर्डर अवधिभर ईच्छुक उपभोक्तालो कम्पनीको पाको न्यूरोड स्थित आधिकारिक शोरुम मागई रु २००० अग्रिमभुक्तानी गरी फोन बुक गर्न सक्नेछन् । यसरी प्रिबुकिङ गर्ने उपभोक्ताले फास्र्ट सेल्स ईभेन्टका दौरान यूवा ढुकढुकी तथा नेपाली चलचित्र उद्योगकी सुपर स्टार, नायिक स्वस्तिमा खड्कालाई प्रत्यक्ष भेट्ने तथा उनीद्वारा अटोग्राफ्ट गरिएको फोन प्राप्तगर्ने अवसर पाउने छन् ।

नेपाली चलचित्र उद्योगकी तारा, स्वस्तिमा खड्का ओपो फस्र्ट सेल्स ईभेन्टका दौरानओपो फ्यान्ससंग भेट्न केही समयका लागि ओपोको आधिकारिक शोरुममा उपस्थित रहने छिन् ।