कीवर्डहरू -

मसिंर ३ मा सिडस्टार नेपाल प्रतियोगीता 

मसिंर ३ मा सिडस्टार नेपाल प्रतियोगीता 

यहि मंसिर ३ गते सिडस्टार प्रतियोगीता काठमाडौँमा हुने भएको छ । यो कार्यक्रम ंशकर होटेलमा १ बजे देखि सुरु हुने छ । यहाँ बाट ८ स्र्टाटअप कम्पनीहरु सेलेक्सन गरेर फाइनलको लागी स्विजरल्यान्डमा लगिने छ ।


यो प्रतियोगीता ३ चरणमा हुने गरेको छ । पहिलो चरणमा स्थानिय, दोस्रो चरणमा क्षेत्र र तेस्रो चरणमा राष्ट्रिय र अन्तराष्ट्रियमा प्रतियोगीता हुने गरेको छ ।

स्थानिय र क्षेत्र चरणको सम्पूर्ण बिजेतालाई स्विजरल्यान्डमा लगेर अन्र्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराईन्छ । स्विजरल्यान्डको प्रतिस्पर्धा बिजेतालाई १ लाख अमेरीकी डलर बराबरको लगानी लगायत अन्य विभिन्न पुरस्कार प्राप्त गर्ने छ ।

यस प्रतियोगीतामा ६,००० भन्दा माथि आवेदन लिइने र ७०० स्टाटप छनोट गरीन्छ । ७०० स्र्टाटअप मध्ये पनि ६५ वटा स्र्टाटअप अन्तिम चरणको लागी छनोट गरेर १ वटा स्र्टाटअप बिजेता घोषण गरिन्छ ।


विगत सन् २०१३ देखि सिडस्टार नेपालले सुरुवातका कम्पनीहरु बिच प्रतियोगीता गराएर नयाँ प्रतिभालाई उभारने कार्य गरीरहेको छ । यो प्रतियोगीताको लागी सिडस्टार वल्ड नेपालले स्थानिय पार्टनर अनलिमिटेड माक्रोसफ्ट इनोभेसन सेन्टर नेपाल र अनलिमिटेड एभेन्चरस, मूख्य पार्टनर यूएनडिपी, टाइटल पार्टनर वाइ वाइ र मिडिया पार्टनर हिमालयन टिभी र लिभिङ विथ आइसिटी रहेका छन् ।