कीवर्डहरू -

वर्ल्डलिंकलाई आउटस्ट्याण्डिङ युजर अर्गनाइजेशन अवार्ड

वर्ल्डलिंकलाई आउटस्ट्याण्डिङ युजर अर्गनाइजेशन अवार्ड

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनीकेशन्स प्रा.लि. अन्तर्राष्ट्रीय अवार्डबाट सम्मानित भएको छ । एशियन ओसेइएन क्प्युटिङ इन्डस्ट्रिज अर्गनाइजेसन 'असोसिओ' संस्थाले टोकियो, जापानमा आयोजना गरेको अवार्ड कार्यक्रममा नेपालबाट वर्ल्डलिंक सम्मानित भएको हो । 


संस्थाले वर्ल्डलिंकलाई आउटस्ट्याण्डिङ युजर अर्गनाइजेशन अवार्डबाट सम्मानित गरेको छ । यो सँगै उक्त अवार्डबाट सम्मानित हुने वर्ल्डलिंक नेपालबाट पहिलो कम्पनी भएको छ । जापानको राजधानी टोकियोमा नोभेम्बर ८ विहिवार आयोजित अवार्ड समारोहमा असोसिओका अध्यक्ष डेविड वाङले वर्ल्डलिंकका निर्देशक लक्ष्मण यादवलाई उक्त अवार्ड हस्तान्तरण गरे ।  


कार्यक्रममा विश्वभरका ३३ मुलुकबाट  हजारभन्दा बढी कम्पनी तथा उनिहरुका प्रतिनिधि सहभागी थिए । नेपाली इन्टरनेट बजारमा वर्ल्डलिंकले पु¥याएको योगदान, कम्पनीले ग्राहकलाई उपलब्ध गराएको गुणस्तरीय सेवा र अन्तर्राष्ट्रि स्तरको पुर्वाधारलाई प्रयोगमा ल्याएको भन्दै उक्त अवार्ड प्राप्त गरेको हो । असोसिओले आफैंले आन्तरिक रुपमा मूल्यांकन गरेर वर्ल्डलिंकलाई उक्त अवार्ड प्रदान गरेको हो । 


वर्ल्डलिंकका २ लाख ७० हजारभन्दा बढी ग्राहक पुगेका छन् ।  वर्ल्डलिंकले ग्राहकलाई इन्टरनेट, डाटा कनेक्टीभिटी र आइपिटिभी सेवा प्रदान गर्दै आएको छ ।