कीवर्डहरू -

नेपाल प्रहरीलाई असोसिओको ‘डिजिटल गभर्मेन्ट अवार्ड’

नेपाल प्रहरीलाई असोसिओको ‘डिजिटल गभर्मेन्ट अवार्ड’

सुचना प्रविधिको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सरकारी संस्थालाई जापानस्थित एसियन ओसिनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन 'असोसिओ'ले प्रदान गर्ने डिजिटल गभर्मेन्ट अवार्ड यस वर्ष नेपाल प्रहरीलाई प्रदान गरेको छ।

जापानको टोकियोमा कात्तिक २२ गते आयोजित संस्थाको सम्मेलनमा कम्प्युटर एसोसिएसन अफ नेपालका कार्यकारी सदस्य डां अभिजित मार्फत उक्त अवार्ड नेपाल प्रहरीलाई दिइएको हो।

गुप्ताले बुधबार उक्त अवार्ड प्रहरी महानिरिक्षक सर्बेन्द्र खनाललाई प्रदान गरे। संस्थाले आउटस्टेन्डिङ कम्पनी, आउटस्टेन्डिङ युजर अर्गनाइजेसन र आईसिटी एजुकेसनसमेत गरी चार वटा विधामा अवार्ड प्रदान गर्ने गर्दछ।

\"\"

नेपाल प्रहरीले गत भदौ १ गते आयोजना भएको सूचना प्रबिधि क्षेत्रको नेपालको सबैभन्दा ठुलो अवार्ड कार्यक्रम ‘आइसिटी अवार्ड २०१८’मा पनि डिजिटल गभर्नेन्स अवार्ड प्राप्त गरेको थियो । आइजीपी सर्बेन्द्र खनाल स्वम उपस्थित भएर ग्रहण गरेको आइसिटी अवार्डले गर्दा यो क्षेत्रमा अझ जिम्मेबारी बहन गरि काम गर्ने बताएका थिए ।

सूचना प्रविधिको उच्चतम प्रयोग गरेको र प्रबिधिको प्रयोग मार्फत सर्बसाधारणलाइ छिटो छरितो सेवा प्रदान गरेको आधारमा नेपाल प्रहरीले उक्त अवार्ड प्राप्त गरेको हो।