कीवर्डहरू -

आनन्दराज खनाल संयुक्त राष्ट्र संघ अन्तर्गत आइजीएफको \'म्याग\' सदस्यमा नियुक्त 

आनन्दराज खनाल संयुक्त राष्ट्र संघ अन्तर्गत आइजीएफको \'म्याग\' सदस्यमा नियुक्त 

संयुक्त राष्ट्र संघको इन्टरेनट गभर्नेन्स फोरम 'आइजीएफ' को मल्टिस्टेक होल्डर एडभाइजरी ग्रुप ९म्याग० को सदस्यमा नेपाल दूरसञ्चार प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनाल नियुक्त भएका छन् ।

आइजिएफको मल्टिस्टेकहोल्डर एडभाइजरी ग्रुप 'म्याग' सदस्यमा नियुक्त हुने खनाल पहिलो नेपाली हुन्। काठमाडौं विश्वविध्यालयमा १० वर्ष अध्यापन समेत गराएका खनाल एक बर्षअघि विश्व दूरसञ्चार संघ ९आइटियु०को स्टडी ग्रुपको उपाध्यक्षमा पुनः निर्वाचित भएका थिए ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटेरसले खनाललाई सन् २०१९ को एक कार्यकालको लागि सदस्य नियुक्त गरेका हुन्। आइजिएफ संयुक्त राष्ट्र संघको सूचना प्रविधि सम्बन्धी एक निकाय हो।

इन्टरनेट प्राविधिक, व्यवसायीक, सामाजिक प्रशासनिक विकासको सम्बन्धमा सरोकारवाला निकायसँग छलफल गरी इन्टरनेट विकास र प्रवर्द्धनका सम्बन्धमा आइजिएफले संयुक्त राष्ट संघका महासचिवलाई सुझाव दिन्छ।


विश्वभरबाट भौगोलिक र क्षेत्रगत प्रतिनिधित्वको आधारमा म्यागको सदस्य नियुक्त हुने प्रावधान रहेको खनालले जानकारी दिए। म्यागले साइबर तथा इन्टरेनट स्पेशका विषयहरुका सरकारी र गैरसरकारी सरोकारवाला निकायसँग बहस गरी नीति निर्माणमा योगदान गर्छ।

बिस्तृतमा जानकारी लिन - https://bit.ly/2DH2QGs