कीवर्डहरू -

फुडमारियोले जित्यो सिडस्टार नेपाल २०१८ प्रतियोगिता 

फुडमारियोले जित्यो सिडस्टार नेपाल २०१८ प्रतियोगिता 

यहि मंसिर ३ गते २०७५ मा सिडस्टार प्रतियोगिता काठमाडौँमा सम्पन्न भएको छ । यो कार्यक्रमलैनचौरस्थित शंकर होटेलमा २ बजे देखि सुरु भएको थियो।क्षेत्रिय तहमा पुग्न सफल भएका ८ वटास्टाटप कम्पनीहरु बीच प्रतिस्पिर्धा भएको थियो । यस वर्ष ‘फुडमारियो’ विजेता भई स्विजरल्यान्ड जाने फ्रि स्पन्सर टिकट प्राप्त गर्न सफल भएको छ ।


फुडमारियो, कोठा रेन्ट, स्मार्ट माका, चिप ट्रिप नेपाल, सेकनोक्स साइबर सेक्युरिटी, नँया जागिर, डिगनेप ग्रुप प्रा.ली (फोहोर मलाई) र सफा लुगा गरी ८ वटास्टाटप कम्पनीहरु बीचमा प्रतिस्प्रधा भएको थियो

बिजेता कम्पनीले अन्य ६५ वटा देशहरुको स्टाटप कम्पनीहरु सँग प्रतिस्पर्धा गर्ने छ । सो अन्तराष्ट्रिय प्रतिस्पर्धाको विजेता कम्पनीले रु १० लाख अमेरिकी डलर बराबरको लगानी र अन्य उपहारहरु प्राप्त गर्नेछन् ।


मंसिर ११ गते फुडमारियोले ब्याङक्क, थाइल्यान्डमा हुने ३ दिने बुटक्याम्पमा सहभागी जनाउने छ । विगत सन् २०१३ देखि सिडस्टार नेपालले सुरुवातका कम्पनीहरु बिच प्रतियोगिता गराएर नयाँ प्रतिभालाई उभार्ने कार्य गरिरहेको छ ।

यो प्रतियोगिताको लागि सिडस्टार वल्ड नेपालले लोक्ल पार्टनर अनलिमिटेड, माक्रोसफ्ट इनोभेसन सेन्टर नेपाल र अनलिमिटेड एभेन्चरस, मूख्य पार्टनर यूएनडिपी, टाइटल पार्टनर वाइ वाइ र मिडिया पार्टनर लिभिङ विथ आइसिटी रहेका थिए ।