यहि मंसिर ६ गते देखि धनगढिमा एनइफ २०१८ (नेपाल उद्ययमी फोरम) सम्मेलन सुरु भएको छ । यो सम्मेलन ८ गते सम्म चल्ने छ ।
यस सम्मेलनमा यो वर्षको मूख्य विषय “संघीय नेपालमा उद्ययमी र आर्थिकको वृद्धि” रहेको छ । यति मात्र नभई यसमा अन्य उप–विषयहरु पनि रहेका छन् । स्वदेशी तथा बिदेशी बिज्ञ हरुको सहभागितामा भएको सम्मेलन पहिलो पटक काठमाडौँ बाहिर आयोजना भएको हो ।
संघीय निति, उद्ययमी समाज, टेक्नोलोजी इनोभेशन र उद्ययमी, निजि सेक्टर र उद्ययमी, एसडिजीएस र उद्ययमी रहेका छन् । यो सम्मेलन नेपाल उद्ययमी फोरम २०१८ किङस कलेजले आयोजना गरेको हो ।
नेपालमा उद्ययमी र आर्थिक विकासमा केन्द्रित भएर यो कलेजले वार्षिक सम्मेलनको आयोजना गर्दछ ।