कीवर्डहरू -

काठमाडौँमा आजदेखि  पहिलो “टेक टाइटन फुटसल प्रतियोगीता”  

काठमाडौँमा आजदेखि  पहिलो “टेक टाइटन फुटसल प्रतियोगीता”  

टेकटक डटकमले पहिलो पटक टेक फुटसल प्रतियोगीता आयोजना गरिरहेको छ । यो प्रतियोगीता मंसिर ८ गते र १५ गते हुने भएको छ । यसमा २४ टेक कम्पनीहरुले सहभागीता जनाएका छन । 


पहिलो टेक टाइटन फुटसल च्यामपियन बन्नको लागी सहभागी भएका टेक कम्पनीले आफ्नो विशिष्ट फुटसल स्कील प्रर्दशन गर्नु पर्ने छ । मंसिर ८ को म्याच पछि २४ बाट १६ ओटा कम्पनीहरु १५ गतेको क्वाटरफाइनल, सेमीफाइलन र फाइनलमा प्रवेश गर्ने छन् । बिजय हुने टेक कम्पनीलाई रु. १ लाख ११ हजार र दोस्रो रन–अप हुने कम्पनीलाई रु. ५५ हजार नगद प्रदान गरिने छ ।

त्यस्तै बेष्ट गोलकिपर, बेष्ट खेलाडी, धेरै स्कोर गर्नेलाई पुरस्कार, मेडल र सर्टिफिकेट वितरण गरिने आयोजक समितिका अभिशेक गुग्ताले बताए ।