कीवर्डहरू -

सामसुङको फोल्डएबल फोन - ग्यालेक्सी एफ, मार्चमा सार्बजनिक हुदै

सामसुङको फोल्डएबल फोन - ग्यालेक्सी एफ, मार्चमा सार्बजनिक हुदै

योनहप न्यूज एजेन्सीको रिपोर्ट अनुसार सामसुङ इलेक्ट्रोनिक्सले २०१९ मा फोल्डएबल फोन र एस १० लन्च गर्ने भएको छ । सामसुङले फोल्डएबल फोन ल्याउने तयारीमा रहेको बेला चिनको रोयोल कोअपरेशन कम्पनीले “फ्लेक्सपाई” नाम पहिलो फोल्डएबल फोनको रुपमा लन्च गरी सकेको छ ।


२०१९ को फेब्रुअरीमा “सामसुङ ग्यालेक्सी एस १०” र मार्चमा “सामसुङ ग्यालेक्सी एफ” लन्च गर्ने बताइएको छ । ल्याउन लागेको फोन एस १० मा ५जी सपोर्ट गर्ने नेटवर्क रहने र ग्यालेक्सी एफमा ५जी नेटवर्क नरहने कम्पनीले आफ्नो सम्मेलनमा जानकारी दिएका थिए ।

सामसुङ कम्पनीका अनुसार ग्यालेक्सी एफ, ७.४ इन्चको स्क्रिन रहेको र यसलाई फोल्ड गर्दा ४.६ इन्चको स्क्रिन हुने बताइएको छ । यसको मूल्यको  निर्धारीत भई सकेको छैन तर इन्ड्रस्टी वाचरहरुको अनुसार यसको मूल्य २ लाख वन (१,७७० अमेरीकी डलर) अनुमान गरीएको छ ।


विभिन्न कम्पनीहरुले फोल्डएबल फोनको परीक्षण र त्यसमा काम गरी रहेका छन् । हुवाईको रिर्पोट अनुसार अर्को वर्ष उनीहरु फोल्डएबल हेडसेट रिलिज गर्ने योजनामा रहेको छन् । त्यस्तै लेनोभो र स्याउमीले पनि फोल्डएबल फोनमा काम गरी रहेको छन् । एलजी कम्पनीले “फेक्सीबल ओएलइडी डिसप्ले” र रोल गरेर बक्समा हाल्न मिल्ने टिभि माथि काम गरी रहेको छन् ।