कीवर्डहरू -

चार्ज गर्नै नपर्ने विश्वको पहिलो स्मार्टवाच

चार्ज गर्नै नपर्ने विश्वको पहिलो स्मार्टवाच

आजभोली स्मार्टफोनेको साथै स्मार्टवाचहरु पनि लोकप्रिय भई रहेको देख्न सकिन्छ तर यसमा हुने कम ब्याट्रि लाइफको कारणले स्मार्टफोन जतिको लोकप्रियता प्राप्त गर्न सकेको छैन । कम ब्याट्रि लाईफको स्माटवार्चलाई मध्यनजर गर्दै म्याट्रिक्सले चार्ज गर्न नपर्ने “म्याट्रिक्स पावरवाच” बजारमा ल्याएको छ ।


यसलाई चार्ज गरी राख्नु पर्दैन । यो प्रयोगकर्ताको शरिरको तापबाट सञ्चालन हुने गर्दछ । यसमा रहेको थर्माेइलेक्ट्रीक टेक्नोलोजीले प्रयोगकर्ताको शरिरको तापलाई इलेक्ट्रोनिक पावरमा परिणत गर्दछ । यो वाटर रिसिस्टेन ५० मिटर सम्म रहेको छ ।


पावरवाच एप डाउनलोड गरी तपाईले क्यालोरी मापन गर्ने, स्टेप काउन्ट र तपाई सुतेको बेलामा पनि तापक्रम मापन गर्ने जस्ता विशेषता रहेका छन । यसको मूल्य २३९ अमेरीकी डलर तोकिएको भएपनि होलीडेसेलमा यसलाई १६९ अमेरीकी डलरमा खरिद गर्न सकिने छ ।