कीवर्डहरू -

नेपाली बजारमा मोबाइल सेटको आयात घट्यो, चीनबाट ६ अर्ब रुपियाँको मोबाइल आयात

नेपाली बजारमा मोबाइल सेटको आयात घट्यो, चीनबाट ६ अर्ब रुपियाँको मोबाइल आयात

पछिल्लो ३ महिनामा नेपाली बजारमा मोबाइल सेटको आयात घटेको छ । भन्सार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार आ.व. ०७५/०७६ को पहिलो तीन महिनामा झण्डै ७ अर्ब रूपैयाँ बरारको १३ लाख, ६२ हजार, ३ सय ३१ थान मोबाइल सेट आयात भएको छ । गत वर्षको तुलनामा ४ लाख थान मोबाइल कम हो ।


गत आर्थिक वर्ष २०७४/०७५ को पहिलो तीन महिनामा करिब ८ अर्ब रूपैयाँको १७ लाख ६३ हजार २ सय ३ थान मोबाइल आयात भएको थियो। यो अवधिमा आयातित मोबाइलमध्ये सबैभन्दा बढी हिस्सा चिनियाँ फोनको छ। चीनबाट मात्रै झण्डै ६ अर्ब रूपैयाँ बराबरको ११ लाख, ७३ हजार, १ सय ७ थान आयात भएको छ।

आ.व. २०७४/०७४ को सोही अवधिमा १४ लाख २५ हजार ४ सय ८५ थान मोबाइल चीनबाट भित्रिएका थिए। पछिल्लो समय विश्वमा डलरको मूल्य बढ्नु र बैङ्किङ तरलताले मोबाइल आयातमा गत वर्षको तूलनामा घटेको नेपाल मोबाइल व्यवसायी सङ्घका अध्यक्ष पुरूषोत्तम वस्नेत बताउँछन् ।

उनका अनुसार मोबाइल उत्पादनको हब चाइना भएकाले चाइनिज फोन बढी आयात भएको हा नेपाली बजारमा चाइनिज मोबाइलको माग पनि बढ्दो छ। अघिल्ला वर्षमा चीनपछि भियतनामबाट धेरै मोबाइल आयात हुने भएपनि यो वर्ष भारतबाट बढी मोबाइल आयात भएको पाइन्छ।

चालू आवको पहिलो तीन महिनामा सो मोबाइल आयात भएबाट सरकारलाई १ अर्ब, १७ करोड ४५ लाख ४८ हजार राजस्व प्राप्त भएको छ।