कीवर्डहरू -

हिमालय कलेज अफ इन्जिनियरिङमा बृहत् रोजगार मेला हुने

हिमालय कलेज अफ इन्जिनियरिङमा बृहत् रोजगार मेला हुने

केएमसी एजुकेशनल नेटवर्क अन्र्तग सञ्चाल नभइ रहेको हिमालय कलेज अफ इन्जिनियरिङले आफ्नै प्राङ्गणमा यही मंसीर २१ गते बृहत् रोजगार मेलाको आयोजना गर्ने भएको छ ।


 बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रमको उद्घाटन नेपाल उद्योग परिषदका अध्यक्ष हरिभक्त शर्माले गर्ने कार्यक्रम रहेको छ । हिमालय कलेज अफ इन्जिनियरिङ, काठमाडौं मोडेल कलेज र अपोलो इन्टरनेसनल कलेजका विद्यार्थीहरुलाई केन्द्रित गरेर आयोजना गरिएको उक्त मेलामा २० ओटा रोजगारदाता कम्पनीहरु सहभागी हुने र आफूलाई आवश्यक जनशक्तिको छनोट अन्तर्वाताबाट गर्ने आयोजक संस्थाका निर्देशक कपिल देब रेग्मीले जानकारी दिए । 


मेलामा नेटवर्क अन्र्गतनका झण्डै १०० जना विद्याथीहरुले सहभागिता जनाउने बताइएको छ । सहभागी विद्यार्थीहरुलाई  उक्त मेलाको लागि आफ्नो वैयक्तिक विवरण (सिभि) लेखन र समूह छलफल लगायतका कार्यक्रमहरु यही मंसीर ११ गते सञ्चालन भइ सकेको र सो कार्यमा सहभागी भएका विद्यार्थीले मे्लाका दिनमा उपस्थित रोजगार दाता संस्थाका प्रतिनिधिलाई आफ्नो अन्तर्वार्ता दिन पाउने छन् र त्यसैबाट रोजगारदाता संस्थाले आफूलाई आवश्यक पर्ने जनशक्तिको छनोट गर्ने छ । उक्त मेलाको आयोजना मेरो जब नामक संस्थाको साझेदारीमा हिमालय कलेज अफ इन्जिनियरिङले गर्न लागेको हो ।