कीवर्डहरू -

एनआइसी एसियाको भिसा कार्डमा आकर्षक क्यास ब्याक अफर

एनआइसी एसियाको भिसा कार्डमा आकर्षक क्यास ब्याक अफर

एनआइसी एसिया बैंकले आफ्नो बैंकको कार्डमार्फत् किनमेल गर्दा निश्चित रकम फिर्ता दिने योजना ल्याएको छ । बैकले भिसाको सहकार्यमा नेपालभित्र प्वाइन्ट अफ सेल (पिओएस) मेसिनमा भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्दा पैसा फिर्ता योजनाको शुरुवात गरेको हो ।

भिसाले कार्डमार्फत किनमेल गर्दा प्रथम कारोबार रकमको २ प्रतिशत वा बढीमा १ सय रुपियाँ फिर्ता दिनेछ । त्यस्तै दोस्रो कारोबार रकमको ४ प्रतिशत वा बढीमा २ सय रुपियाँ, तेस्रो कारोबारमा कारोबार रकमको ६ प्रतिशत वा बढीमा ३ सय रुपियाँ फिर्ता दिने बैंकले जनाएको छ । पाँचौं कारोबारमा कारोबार रकमको १० प्रतिशत वा बढीमा ५ सय रुपियाँ फिर्ता दिने बैंकले जनाएको छ ।

प्रत्येक महिना पाँचभन्दखा बढी कारोबारमा रकम फिर्ता नपाइने बताइएको छ । सन् २०१८ को डिसेम्बरदेखि सन् २०१९को जनवरीसम्म यो योजना लागू हुने छ । यो योजनामा बैंकका ४ लाख ५ ० हजारभन्दा बढी ग्राहक लाभान्वित हुन सक्ने जनाइएको छ ।