कीवर्डहरू -

सिटिसी मलमा मोबाइल तथा ल्यापटप मेला लाग्दै, किस्ताबन्दीमा किन्न पाइने

सिटिसी मलमा मोबाइल तथा ल्यापटप मेला लाग्दै, किस्ताबन्दीमा किन्न पाइने

काठमाडौं । मंसिर २० गतेदेखि १५ दिनसम्म सिटीसी मल सुन्धारामा मोबाइल तथा ल्यापटप मेला लाग्ने भएको छ । रहेको सिटीसी मोबाईल हबले आयोजना गर्न लागेको मेलामा आफूलाई मन परेको मोबाइल, ल्यापटप, क्यामेरा तथा आईफोन, आइप्याड, म्याक लगायतका उत्पादन किस्तामा किन्न पाइने भएको छ ।

मेलामा विश्व बजारमा पाईने सबै ब्राण्डका मोबाईल, ल्यापटप ,क्यामेरा ,र म्याक किस्ताबन्दीमा किन्न सकिन्छ । साथै मोबाईल एक्सचेञ्ज अफर र एउटा मोबाइल किन्दा अर्को सित्तैंमा अफर रहेको आयोजकले बताएको छ । मेलामा ९ हजार ९ सय ९९ देखि २ लाख ३४ हजार रुपैंयाँ सम्मका मोबाइल किन्न सकिने छ भने ३ लाख १५ हजार रुपैंयाँ सम्मका ल्यापटप, आइप्याड, म्याक बुक लगायतका सामान किन्न सकिनेछ ।

मेलामा जस्तो सुकै पुरानो मोबाईलको पनि उचित मूल्य पाउनुका साथै साँट्न पनि सकिने हबको दाबी छ । यतिमात्रै होइन ६० मिनटमा फेस टू फेस मोबाइल मर्मतको सेवा समते दिने आयोजकको योजना छ । मेलामा राखिएको गल्फमा ३ स्कोर गर्नेले मोबाइल किन्दा ५० प्रतिशत छुट पाउने छन् भने ४ स्कोर गर्नेले आफूले खरिद गरेको अर्को एउटा सामान सित्तैंमा पाउने छन् ।