कीवर्डहरू -

सामसुङले ५ जी नेटवर्क भएको स्मार्टफोन ल्याउदै

सामसुङले ५ जी नेटवर्क भएको स्मार्टफोन ल्याउदै

सामसुङ र भेरीजोनले मिलेर ५ जी नेटवर्क भएको सामसुङ ग्यालेक्सी एस १०, २०१९ मा लन्च गर्ने भएको छ । नँया फोनमा रहने उक्त नेटवर्क नेटवर्किङ स्टान्डर्डको लागि सबैभन्दा उच्च प्रोफाइल यूएस डेबुट मध्ये एक हुनेछ ।


सामसुङ र भेरीजोनले यहि साता हुवाईमा हुन लागेका क्वालकमको स्नापड्रागन टेक्नोलोजी समिटमा उपस्थित भएर क्वालकमको एक्स५० ५जी मोडेम प्रयोग गरी फोनको प्रमारीकरण गर्नेछ ।सामसुङले छुट्टै पनि आफ्नो ५जी मोडेम निर्माण गर्दैछ । 


एग्जीनोस ५१०० नाम रहने यस मोडेम एग्जीनोस प्रोसेसर वरिपरि आधारित भएर ग्यालेक्सी एस १० को अन्तराष्ट्रिय ५ जी संस्करणहरुको लागि प्रयोग गरिनेछ । भर्खरै एग्जीनोस ९८२० सिस्टम अन चिपको घोषणा गरेको सामसुङको यो दोस्रो प्रमुख ५ जी सोकेस हुनेछ । दक्षिण कोरियाली क्यारियर एसके टेलिकम, के.टी, आदिले ५ जी नेटवर्कहरु सञ्चालन गरे ।