कीवर्डहरू -

नेपालमा ओपोको पहिलो आर सिरिज \'आर १७ प्रो\' सार्वजनिक हुदै

नेपालमा ओपोको पहिलो आर सिरिज \'आर १७ प्रो\' सार्वजनिक हुदै

चीनमा आर १७ र आर १७ प्रो सार्वजनकि गरे देखि नै यी स्मार्टफोन अहिले विश्वभर नै चर्चाको विषय बनेर रहेका छन् । नेपालमा पनि लामो समयदेखि उपभोक्ताहरु आर–सिरिज सार्वजनिक हुने पर्खाइमा छन् । अब भने ओपोले नेपाली उपभोक्ताको आर सिरिज–चाहनालाई सम्बोधन गर्ने देखिएको छ । उपभोक्ताको ब्यापक मागलाई ध्यानमा राखि ओपोले चाँड्रै नै आर–सिरिज अन्तर्गत ओपो आर १७प्रो सार्वजनिक गर्ने तयारी गरेको छ ।

ओपो नेपालले आफ्नो आधिकारिक सामाजिक सञ्जालका पेज मार्फत नेपालमा आर–सिरिज भित्रने जानकारी दिन थालेको छ । ओपोले चीनमा यसै बर्षको अगस्टमा ओपो आर १७ र आर १७ प्रो सार्वजनिक गरेको थियो ।

नेपालमा भने कम्पनीले आर १७ प्रो सार्वजनिक गर्ने तयारी गरेको देखिन्छ । कम्पनीको प्रिमियम रेञ्जका रुपमा परिचित आर १७ प्रोको पछिल्तिर कम्पनीले तीनओटा क्यामेराको प्रयोग गरेको छ ।

\"\"

त्यसैगरी यसमा पानीको थोपा आकारको डिस्प्ले नोट्चका साथै ईन–डिस्प्ले फिंगर प्रिन्ट स्क्यानर पनि उपलब्ध छ । ओपो नेपालले आधिकारिक रुपमा सार्वजनिक मितिको घोषणा भने गरिसकेको छैन । तथापी, डिसेम्बर महिनामै पर्ने क्रिसमस वा नयाँ बर्ष लक्षित गर्दै फोन सार्वजनिक गर्ने सम्भावना भने प्रबल रहेको छ ।

डुअल–सिम (नानो) प्रयोग गर्न सकिने ओपो आर १७ प्रोमा एण्ड्रोइड ८.१ ओरियोमा आधिरित कलर ओएस ५.२ सञ्चालन प्रणालीको प्रयोग गरिएको छ । स्मार्टफोनमा ९१.५ प्रतिशत एस्पेक्ट रेसियो सहितको ६.४ ईञ्च (१०८० ह् २३४० पिक्सेल) फुल–एचडी डिस्प्ले छ ।

त्यसैगरी, फोनमा ८ जीबी ¥यामका साथमा ओक्टा–कोर क्वालकम स्न््याप ड्र्यागन ७१० एसओसी प्रोसेशरको प्रयोग गरिएको छ । फोनमा रहेको ट्रिपल रियर क्यामेरा सेटअपमा एफ÷१.५–२.४ एपर्चर सहितको १२ एमपी सेन्सर, एफ÷२.६ एपर्चर सहितको २० एमपी सेन्सर र तेस्रो सेन्सरका रुपमा टीओएफ थ्रीडी स्टेरियो क्यामेरा जडान गरिएको छ ।


फोनमा सामग्री सञ्चयका लागि कम्पनीले १ सय २८ जीबी ईनब्यूल्ट स्टोरेजको ब्यवस्था गरेको छ । स्मार्टफोनमा ४जी भीओएलटीई, वाईफाई, ब्ल्यूटूथ ५.०, जीपीएस÷ए–जीपीएस, यूएसबी टाइप–सी र एनएफसी सपोर्ट पनि उपलब्ध गरिएको छ । त्यसैगरी फोनमा अन बोर्ड सेन्सर्सका रुपमा एक्सेलेरोमिटर, एम्बियन्ट लाइट र प्रोक्सिमिटी सेन्सर पनि जडान गरिएका छन् ।


ओपो आर१७ प्रोमा ओपोको प्रोपराइटर सुपर भोक प्रविधि सपोर्ट गर्ने ३ हजार ७ सय एमएएच क्षमता सहितको ब्याट्री जडान गरिएको छ । १५७.६ह्७४.६ह्७.९ एमए आयामको ओपो आर १७ प्रोको वजन जम्मा १ सय ८३ ग्राम छ ।