कीवर्डहरू -

ओप्पोले सार्बजनिक गर्यो 20 एमपी सेल्फि क्यामेरा सहितको ए ७५ र ए ७५ एस

ओप्पोले सार्बजनिक गर्यो 20 एमपी सेल्फि क्यामेरा सहितको  ए ७५ र ए ७५ एस

छोटो समयमानै स्मार्टफोनको बजारमा धेरै राम्रो छवि बनाउन सफल स्मार्टफोन कम्पनि ओप्पोले अहिले सम्म  धेरै फोनहरु सार्बजनिक गरिसकेको छ ।यहि क्रमलाइ निरन्तरता दिंदै ओप्पोले २० मेगापिक्सेल क्यामेरा भएको दुइ नयाँ फोनहरु ए ७५ र ए ७५ एस सार्बजनिक गरेको छ । ताइवानमा सार्बजनिक गरिएका यी दुइ फोनहरुको सम्पूर्ण बिशेषता एउटै भएता पनि यिनीहरुको स्टोरेज क्षमतामा भने भिन्नता रहेको छ ।

\"\" ६ इन्च डिस्प्ले १०८० x २१६० फुल एचडी पिक्सेल रेजोलुसन रहेका  यी  फोनहरुको डिस्प्लेको एसपेक्ट रेसिओ भने १८:९ रहेको छ । मिडियाटेक हेलिओ पी २३ को चिपसेट प्रयोग गरिएको ओप्पोको नयाँ मोडेलमा ४ जीबी र्याम रहेको छ । त्यस्तै यसमा स्टोरेजको कुरा गर्दा ए ७५ मा ३२ जीबी इन्टरनल स्टोरेज रहेको छ भने ए ७५ एसमा भने ६४ जीबी इन्टरनल स्टोरेज रहेको छ । त्यस्तै यी दुवै फोनको स्टोरेजलाइ एसडी कार्डको सहायतामा २५६ जीबी सम्म बढाउन सकिन्छ ।

एलइडी फ्लाश सहितको १६ एमपीको रियर क्यामेरा र २० मेगापिक्सेलको सेल्फि क्यामेरा यस फोनमा रहेको छ । त्यसकारण  सेल्फि फोटोहरुको मामिलामा यस फोनमा कुनै पनि सम्झौता गर्न पर्दैन् । एनड्रोइड ७.१ नोगात भर्जनमा चल्ने यी फोनहरुमा कनेक्टिभिटिको कुरा गर्दा ब्लुटुथ ४.२,वाईफाइ,४जी तथा ओटीजी पनि सपोर्ट गर्दछ । साथै एक्सेलेरोमिटर, प्रोक्सीमिटि तथा लाइट जस्ता सेन्सर राखिएको यो फोनको  अगाडी होम बटनमा फिन्गर प्रिन्ट सेन्सर राखिएको छ ।

ओप्पोका यी दुवै फोनहरुमा ३२०० एमएएचको पावरफुल ब्याट्रीहरु जडान गरिएको छ,त्यसैले भिडियो ,गित तथा गेम खेल्नका लागि यो फोन  अत्यन्तै लाभदायक देखिन्छ । गोल्ड र ब्ल्याक कलर अप्सन सहित आएको यो  फोनको मूल्य : ओप्पो ए ७५ को ३६५ डलर तथा ओप्पो ए ७५ एसको ४०० डलर तोकिएको छ । यो मूल्यमा उक्त फोनहरु ताइवानका  बजारहरुमा उपलब्ध छन् ।