कीवर्डहरू -

गुगल म्यापमा लाइभ लोकेशन कसरी सेयर गर्ने ?

गुगल म्यापमा लाइभ लोकेशन कसरी सेयर गर्ने ?

तपाईले गुगल म्यापमा आफ्नो लाइभ लोकेसन साथीहरु र परिवारको सदस्यहरुसगँ सेयर गर्न सक्नु हुन्छ । यसरी आफ्नो लाइभ लोकेसनको जानकारी सेयर गर्दा केही हानी हुदँैन ? भन्ने प्रश्न आउनु स्वभाविक नै हो । यसमा तपाईले आफ्नो लोकेशन हेर्नको निमत्ति छनोट गरेका व्यक्तिहरुले मात्र हेर्न सक्छन् र तपाईले आफ्नो लाइभ लोकेसन सेयरको समय पनि निर्धारण गर्न सक्नु हुन्छ ।

यसरी सेयर गर्नुहोस् तपाईको लाइभ लोकेशन ः

१. पहिला गुगल म्यापमा भएको साइड मेनू खोल्नुहोस् र लोकेशन सेयरीङलाई सेलेक्ट गर्नुहोस् । त्यसपछि गेट स्टाडेटमा थिच्नुहोस् ।
२. तपाईले आफ्नो लाइभ लोकेसन सेयरको समय निर्धारण गर्न सक्नु हुन्छ । तपाई कति समयको लागी आफ्नो लोकेशन सेयर गर्न चाहानु हुन्छ त्यहाँ २ अप्सन रहेको हुन्छ । “एक घण्टाको लागि वा तपाईले म्याप बन्द नगरे सम्म” मध्ये कुनै एक अप्सन छनोट गर्नुहोस् ।
३. त्यसपछि तपाईले लाइभ लोकेशन को–को सगँ बढ्न चाहानु हुन्छ, छनोट गर्नुहोस् वा तपाईको कन्टयाक लिस्टमा भएको कोही व्यक्तिसगँ सेयर गर्न सक्नु हुन्छ ।
४. तपाईले लोकेशन सेयरीङको ठिक तल रहेको क्रस थिचेर कुनै समयमा पनि आफ्नो लोकेशन सेयर बन्द गर्न सक्नु हुन्छ ।
तपाईले आफ्नो लाइभ लोकेशन सेयर गरेपछि छनोट गरेका साथीहरु र परिवार मध्ये को–को ले तपाईको लाइभ लोकेशन हेर्दैछन्, तपाईले हेर्न सक्नु हुन्छ ।