कीवर्डहरू -

याहुले गर्याे चीन बाहिरबाट काम गर्ने घोषणा

याहुले गर्याे चीन बाहिरबाट काम गर्ने घोषणा

याहु पनि चीनबाट बाहिरिने अमेरिकी प्रविधि कम्पनीहरूको सूचीमा परेको छ । चीनको कठिन नीतिगत व्यवस्थाका कारण धेरै कम्पनीहरुले चीनबाट बाहिरिनुपर्ने अवस्था आउने गर्दछ । यही कारणले गर्दा याहुले चीनबाट बाहिरिने निर्णय गरेको हो । केही समयअघिमात्रै लिंक्डइन पनि चीनबाट बाहिरिएको थियो ।

अब चीनमा पश्चिमी मुलुकमा निर्मित सामाजिक सञ्जालको सेवा कुनै पनि बाँकी छैन् । चीनबाट बाहिरिएपछि कतिपय चिनियाँ प्रयोगकर्ताले याहुमा एक्सेस रोकिएको भन्दै जानकारी दिइरहेको जनाइएको छ । भने, याहुले पनि चीनबाट बाहिरिने निर्णय गरी त्यसको सुरुवात भइसकेको जनाएको छ ।

‘इन्टरनेटमा सबैको पहुँच विस्तारमा चिनियाँ प्रयोगकर्ताले कम्पनीप्रति देखाएको विश्वासप्रति हामी कृतज्ञ छौं,’ भनेर याहुले बताएको छ ।