कीवर्डहरू -

ह्वाट्सएपमा भाइबर जस्तै ‘कम्युनिटी’ फिचर सार्वजनिक

ह्वाट्सएपमा भाइबर जस्तै ‘कम्युनिटी’ फिचर सार्वजनिक

अब भाइबरमा जस्तै ह्वाट्सएपमा पनि कम्युनिटी बनाउन सकिने भएको छ । यो फिचरले ह्वाट्सएपमा एकै पटक धेरै प्रयोगकर्तालाई जोड्न सक्दछ । यो फिचरलाई ‘कम्युनिटी’ फिचर भनिन्छ र कम्पनीले यही फिचर ल्याउने तयारी गरिरहेको छ ।

एडीए डेभरलरले पहिलोपटक गत अक्टोबरमा यो फिचरको विषयमा जानकारी बाहिर ल्याएका थिए र अब  ‘वाबेटाइन्फोले’ ह्वाट्सएपको बेटा भर्सनबाट त्यसको पुष्टि गरेको हो । यो फिचर भाइबरमा रहेको कम्युनिटी फिचर सरहनै हुनेछ । वाबेटाका अनुसार ‘कम्युनिटी’ फिचरले ग्रुप एड्मिनलाई धेरै महत्त्व दिनेछ ।

जसले गर्दा एड्मिनले ग्रप भित्र पनि अर्को ग्रुप बनाउन सक्नेछन् । ह्वाट्सएपमा ग्रुपभित्र उप समूहमा विभाजन गर्न सकिनेछ । यो फिचर मेटा कम्पनीलेले हालै मात्र फेसबुक ग्रुपका लागि समेत सार्वजनिक गरेको छ ।

साथै एड्मिनले कम्युनिटीको लिंकमार्फत नयाँ प्रयोगकर्तालाई इन्भाइट गर्न समेत सक्नेछन् । यो फिचर पनि इन्ड–टु–इन्ड इन्क्रिप्सन सहित उपलब्ध हुने जनाइएको छ ।